खोलामा डुबेर झापामा एक जना महिलाको मृत्यु भएको छ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ११ बच्चाबरगी ६० वर्षीय सञ्चमाया विकको झरना खोलामा डुबेर मृत्यु भएको स्थानीय शिक्षक ज्ञानेन्द्र बहादुर विश्वकर्माले बताए। खोलाको दहमा करिब २ फिट पानी जमेको थियो।
स्थानीयका अनुसार नानीलाई विद्यालय पुर्याएर आउँदा विक दहमा परेकी थिइन्। शिक्षक विश्वकर्माका अनुसार अरूबेला पनि मापसे गरिरहने विकले आज पनि बिहानै मापसे गरेकी थिइन्। नसाको सुरमा उनी दहमा परेको हुन सक्ने शिक्षक विश्वकर्माले बताए।