• होमपेज
  • राजनीति
  • चुनावी गठबन्धन पार्टीसंग माओबादी केन्द्र बाजुरामा बर्ताटोली गठन

चुनावी गठबन्धन पार्टीसंग माओबादी केन्द्र बाजुरामा बर्ताटोली गठन

  • सोमवार, चैत्र २८, २०७८
चुनावी गठबन्धन पार्टीसंग माओबादी केन्द्र बाजुरामा बर्ताटोली गठन

बाजुरा — नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र बाजुराले स्थानिय निर्बाचन केन्द्रिय गठबन्धनको लागि बार्ताटोली गठन गरेको छ । आईतबार बसेको माओबादी केन्द्रको पहिलो बैठकले गठबन्धन पार्टी र अन्य जिल्लाका पार्टीहरुसंगको समन्व्य गर्न बर्ताटोेली गठन गरिको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
बिशेष गरि बैठकमा बैशाख ३० गतेको निर्बाचन लक्षित निर्णय गरीएको नेपका माओबादी केन्द्रका अध्यक्ष देबिचन्द्र बुढाले बताए । पार्टीलाई मज्बुद तथा चलायमान बनाउन । पार्टीका जिम्मेबार नेतालाई सबै स्थानिय तहहरुमा सह इन्र्चाजको जिम्मेबारी दिएको छ । जस्मा स्वामीकार्तिक खापग गाउपालिकामा बिरेन्द्र रोकाया, धनलाल कडारा र बिरेन्द्र महतरा रहेका छन । बुढीनन्दा नगरपालिकामा जयबहादुर बिक र सस्त बिकलाई जिम्मेबारी दिएको छ ।
बडिमालिका नगरपालिकामा चन्द्रबहादुर थापा, तुला बिक र बिष्णु रावतलाई जिम्मेबारी तोकीएको छ । त्यसै गरी त्रिबेणी नगरपालिकामा नरेन्द्र बुढा, महनलाल बुढा रहेका छन् । बुढीगंगा नगरपालिकामा मना देबी जैशी र खप्तड छेडेदहगाउपालिमा जगत बुढा, चन्द नाथ र धनबहादुर बुढालाई सहइन्चार्जको जिम्मेबारी तोकीएको सम्मेलन मार्फत जानकारी दिएको छ ।
दुई ओटा स्थानिय तह गौमुल र हिमाली गाउपालिकामा केही पार्टीका नेतृत्वमा बिबाद आएकोले त्यो बिबाद समाधनको लागि छानबिन कमिटी बनाएर सम्बन्धित पालिकामै गएर समाधानको लागि जिम्मेबारी तोक्ने निर्णय गरेको छ । पार्टीको प्रचार प्रशासको लागि रमेशराज बिश्वकर्माको संयोजकत्वमा राजेन्द्र बिक, सुरेन्द्र शाही सुरेन्द्र बिक सदस्य रहने गरी जिल्ला स्तरिय प्रचार प्रसार समिति गठन गरिएको छ ।
त्यस्तै पार्टी जिल्ला अध्यक्ष समेत रहेका देवेन्द्र बुढाको संयोजकत्वमा आर्थिक संकलन तथा परिचालन समितिमा रमेशराज बिश्वकर्मा, हिरेन्द्र बानिया, शिद्धराज जैशी हरिशंकर न्यौपाने, रावबहादुर अयडी भरत बिक हरने गरी समिति गठन गरीएको छ । निर्बाचन समन्वय कार्यलय गठन गरिएको छ । जस्मा देबिचन्द्र बुढाको संयोजगत्वमा गठन गरीएको छ । जस्मा सदस्य मानबहादुर बिक र सुक थापा रहेका छन् ।
त्यसै गरी गठबन्धन दहहरुसंग समन्वयको लागि केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्जको संयोजक रहने गरी प्रदेशका कोषध्यक्ष जिल्ला अध्यक्ष लगाएत सात जानको कार्यदल समिति गठन गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

निर्वाचनमा तालमेलको परिस्थिति समन्वय समिति र वाइसियल जिल्ला संयोजक हिक्मत शाहीको संयोजकत्वमा २ सय जनाको युवा परिचालन लगायतका निर्णयरु पारित गरेको छ । पत्रकार सम्मेलनको अध्यक्षता प्रेस सेन्टर बाजुराका अध्यक्ष शुरेन्द्र शाहीको अध्यक्षतामा सम्पन्न भएको हो भने कार्यक्रमको संचालन प्रेस सेन्टर प्रदेश कमिटी सदस्य राजेन्द्र बि.क.ले गरेका थिए। पत्रकार सम्मेलन नेकपा माओवादी केन्द्रको पाटी कार्यालयमा सम्पन्न भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार