मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • विश्वासको मत गुमाएपछि पदमुक्त भए इमरान खान

विश्वासको मत गुमाएपछि पदमुक्त भए इमरान खान

  • आइतवार, चैत्र २७, २०७८
विश्वासको मत गुमाएपछि पदमुक्त भए इमरान खान

इस्लामावाद – पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन्। उनीविरुद्ध परेको अविश्वासको प्रस्ताव सफल भएसँगै खान पदमुक्त भएका हुन्। पाकिस्तानको राष्ट्रिय संसदमा प्रधानमन्त्री खानविरुद्धको अविश्वास प्रस्तावमा ३ सय ४२ जना सांसदमध्ये १ सय ७४ जनाले पक्षमा मतदान गरेका थिए। अल्पमतमा परेसँगै प्रधानमन्त्री खान पदमुक्त भएका हुन्।

राष्ट्रिय संसदमा अविश्वास प्रस्ताव सफल भएपछि सदनलाई सम्बोधन गर्दै विपक्षी दल पीएमएल–एनका अध्यक्ष शाहबाज शरीफले पाकिस्तान संविधान र कानुनलाई पुनः स्थापित गर्न चाहेको बताए। पाकिस्तानी प्रधानमन्त्रीविरुद्ध गत मार्च २८ मा अविश्वास प्रस्ताव संसदमा पेश भएको थियो।

चर्चामा

सम्बन्धित समाचार