धनगढी — कैलालीमा ग्यास सिलिण्डर पड्किएर एक घरमा आगलागी भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका-८ की ३२ वर्षीया मालती विकको घरमा विजुलीको तार सर्ट भई ग्यास सिलिण्डर पनि पड्किन गई आगलागी भएको प्रहरीले बताएको छ।
बुधबार राति भएको आगलागीबाट विकको खरले छाएको २ कोठे कच्ची घरसहित कुखुराको खोर र एक किराना पसल जलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। आगलागीबाट २० लाखको क्षति भएको बताइएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। आगलागी प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको उनले बताए।दिनेशखबरबाट साभार