शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • समाज
  • आर्थिक अभाबमा जगन्नाथमा एक ४ बर्षिय बालकको उपचारमा समस्या

आर्थिक अभाबमा जगन्नाथमा एक ४ बर्षिय बालकको उपचारमा समस्या

  • बिहिबार, चैत्र २४, २०७८
आर्थिक अभाबमा जगन्नाथमा एक ४ बर्षिय बालकको उपचारमा समस्या

बाजुरा–बाजुराको जगन्नाथ गाउँपालिका ३ बस्ने महेश ढोलीको ४ बर्षको छोरा बिराज ढोलीको आर्थिक अभाबमा जलेको खुट्टाको उपचार गर्न सकेका छैनन् । २०७४ साल कार्तिक महिनामा खाना पकाउने चुलोमा परेर दाँया खुट्टा पुरै जलेको र बाँया खुट्टा थोरै जलेका बिराजको पैशा नहुदा उपचार अभाबमा अलपत्र रहेका छन् ।
२०७४ सालमा जलेको एक महिना पछि कान्ति बाल अस्पतालमा उपचार गरेको थियो । त्यो बेला चिकित्सकले खुट्टा खुम्चिएकोले केही समयमै थप अप्रेसन तथा उपचार गर्नुपर्ने वताएको भएपनि पैसा नहुदा थप उपचार गर्न नसकेको बुवा महेश ढोलीले वताएका छन् । छोरो बोकेर सहयोगका लागि बाजुराको सदरमुकाम मार्तडी पुगेका महेश सहयोगको याचना गरिरहेका छन् ।
छोरोको खुट्टाको अप्रेसन सँगै कृत्रिम खुट्टा राख्नुपर्ने रहेको छ । काठमाडौमा उपचार गर्ने त धेरै टाढाको बिषय हो, जाने गाडि भाडा समेत नभएको महेशले वताए । महेशको परिवार दलित तथा खलिया परिवार हो, साहुको काम गरेर परिवार पाल्ने गरेका छन् ।
सम्पत्तिका नाममा सानो छाप्रो भन्दा बाहेक अरु केही नभएको महेशले वताए । छोराको पहिला उपचार गरेको रिन तिर्न भारत काम गर्न गएको थिए । कोभिडले उता पनि कमाइ नभएपछि नेपाल आएका महेशले पहिलाको रिन तिर्न नसकेको वताए । छोरोको उपचारका लागि गाउँमा रिन खोजेपनि कतै बाट नपाएको वताएका छन् । सदरमुकाममा कतै सहयोग पाइन्छकि भनेर छोरा बोकेर मार्तडी आएको महेशले वताए ।

चर्चामा

सम्बन्धित समाचार