आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • बुढीगंगा
  • एमालेबाट बुढीनन्दा नगरको प्रमुखमा जनक बोहराको एकल उम्मेदवारी

एमालेबाट बुढीनन्दा नगरको प्रमुखमा जनक बोहराको एकल उम्मेदवारी

  • बिहिबार, चैत्र २४, २०७८
एमालेबाट बुढीनन्दा नगरको प्रमुखमा जनक बोहराको एकल उम्मेदवारी

बाजुरा–बुढीनन्दा नगरपालिकामा नेकपा एमालेबाट जनक कुमार बोहराको एकल उम्मेदवारी परेको छ । २०७४ सालको निर्वाचनमा काँग्रेसका उम्मदेवार पदम कुमार गिरि सँग झिनो मतले पराजित बोहरा यो पटक एमाले बाट सर्वसम्मत उम्मेदवार बनेका हुन् ।
नेकपा एमाले बाजराका उपसचिव समेत रहेका बोहरा नगर प्रमुखमा सर्वसम्मत एकल उम्मेदवार बनेको गाउँ कमिटी अध्यक्ष जंगवीर रोकायाले बताएका छन् । बोहोराले राजनीतिक शास्त्र र अंग्रेजी साहित्यमा स्नाकोक्त गरेका बोहरा कानुनमा एलएलएम गरिसकेका छन् । नगर प्रमुखमा एकल उम्मेदवार बनाउने नेकपा एमाले बुढीनन्दा नगर कमिटी पहिलो पालिका बनेको छ ।
बुढीनन्दा नगरपालिका ७ र ८ मा पनि वडा अध्यक्षमा सर्वसम्मत उम्मेदवारी चयन गरिएको छ । ७ मा जनक सिंह र ८ मा केश बहादुर शाही सर्वसम्मत बनेका छन् । हाल ती दुबै वडा नेपाली काँग्रेसले जितेको छ ।

चर्चामा

सम्बन्धित समाचार