आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • राजनीति
  • टिकट वितरणको विषयमा धादिङ कांग्रेसमा झडप, गाउँपालिका अध्यक्ष घाइते

टिकट वितरणको विषयमा धादिङ कांग्रेसमा झडप, गाउँपालिका अध्यक्ष घाइते

  • बुधबार, चैत्र २३, २०७८
टिकट वितरणको विषयमा धादिङ कांग्रेसमा झडप, गाउँपालिका अध्यक्ष घाइते

धादिङ — खनियाबास गाउँपालिका–३ बच्छलामा गाउँपालिका अध्यक्षमाथि आक्रमण भएको छ। नेपाली कांग्रेस वडाध्यक्षको टिकट सफिारिस गर्न छलफल भइरहेको समयमा कांग्रेसका प्रदेश क्षेत्रीय सभापतिसमेत रहेका गाउँपालिका अध्यक्ष रणबहादुर तामाङमाथि आक्रमण भएको हो।

कांग्रेसका कार्यकर्ता राजु पाख्रिनको समूहले आक्रमण गरेको अध्यक्ष तामाङले आरोल लागाए। पाख्रिन र अध्यक्ष तामाङबीच टिकटका विषयमा विवाद भएको बताइएको छ। घाइते तामाङको सत्यदेवी स्वास्थ्यचौकीमा उपचार गरिएको छ। आरोपित पाख्रिनलाई गए राति दार्खा प्रहरी चौकीले पक्राउ गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए। रासस

चर्चामा

सम्बन्धित समाचार