• होमपेज
  • समाचार
  • माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दाको पेसी चैत २७ गते

माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दाको पेसी चैत २७ गते

  • आइतवार, चैत्र २०, २०७८
माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दाको पेसी चैत २७ गते

काठमाडौं — एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदविरुद्धको मुद्दाको पेसी चैत २७ गतेका लागि तोकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा आइतवार पेसी तोकिएपनि हेर्न नमिल्नेमा राखिएको थियो।

‘म सहितको इजलासले निवेदक सोम प्रसाद पाण्डेसमेत विरुद्ध निर्वाचन आयोगसमेत भएको उत्प्रेषण मुद्दामा प्रस्तुत निवेदनमा बदरका लागि माग गरिएको प्रत्यर्थी निर्वाचन आयोगले गरेको दल दर्ता सम्बन्धी निर्णय प्रकृयासँग सम्बन्धित तथ्यमा प्रवेश गरी अन्तरिम आदेश जारी गरेको मिसिल संलग्न आदेशको प्रतिलिपिबाट खुल्न आएकोले यो मुद्दा मैले हेर्न मिलेन। प्रस्तुत मुद्दा इजलासबाट सुनुवाईको मिति तोकी आज पेश हुन आएको देखिंदा अर्को सुनुवाईको लागि मिति २०७८-१२-२७ को पेशी तोकिएको छ। नियमानुसार पेस गर्नुहोला,’ उल्लेख छ।

एमालेले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको र त्यसकै आधारमा निर्वाचन आयोगले एकीकृत समाजवादी नामक दल दर्ता गरेको भन्दै एमाले अध्यक्ष ओलीले रिट दायर गरेका थिए। सांसद पदमुक्तको विषयलाई लिएर एमालेले ६ महिनायता निरन्तर संसद अवरुद्ध गर्दै आएको छ।अन्नपुर्णपाेष्टबाट साभार । 

चर्चामा

सम्बन्धित समाचार