आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • देश भित्र भित्रै प्रतिगमनको संगारमा पुग्दैछ!

देश भित्र भित्रै प्रतिगमनको संगारमा पुग्दैछ!

  • शनिबार, चैत्र १९, २०७८
देश भित्र भित्रै प्रतिगमनको संगारमा पुग्दैछ!

सुरेशकुमार पान्डे — देशमा राणा र राजाहरूले राज गर्दा देशको सम्पत्ति बिदेशीको हातमा किस्ता किस्तामा जानेर बिदेशी मुन्द्रा देशभित्रिने त्यसैले राजपरिवारले ऐयासी गर्ने प्रकृया थियो।समय समयमा राजाले छिमेकीको बिरूद्धमा जांदा वा आफ्नो विवेकले काम गर्दा छिमेकीले आर्थिक नाकाबन्दी लगाएर दवाब दिने गर्थ्यो।
देशका जनताले आफ्नो रगत सँग साटेर बहुदलिए ब्यबस्था ल्याएपछि देशको भुमिगत स्वरूप बिदेशीको हातमा जान्छ र देशका नेताहरूले सरकारलाई जोगाउंन आफु मन्त्री बन्न सिधा बिदेश तिर धाउँन थाल्छन।
आफ्नो सत्ता जोगाउंन सरकार बिदेशीको दाश बन्छ त्यही सात्ता प्राप्त गर्न प्रतिपक्षले पनि बिदेशीलाई धाउँछ।यदी नेताहरू बिदेशीको काबुमा आएनन् भने प्रतिगामी शक्ति बलियो हुंन थाल्छ र उस्लाई सम्झिनुहोश बिदेशीको समरक्षण वा शक्ति प्राप्त हुनथालेको हुन्छ।
हाम्रो देशलाई छिमेकीले खेलाएकोछ त्यो अहिले बाट होइन धेरै पहिले देखीनै छिमेकीले देशको नीति कस्तो गराउंने भन्नेबारे सुझाव होइन निर्देशन दिन्छ।त्यो देशको सार्भौमिकता र अखण्डता माथिको हश्तक्षेपनै हो।
त्यसबारे यि मोहोराहरू मध्यका लगभग सबैलाई थाहाछ तर उनिहरूले कलो खाइसकेको भएर पोल खोल्दैन बरू एकले आर्काको घुमाउँरो प्रकारले पोल खोल्न खोल्न थाल्छन यिनिहरू सबै बिदेशका दलाल हुंन भन्ने कुरामा कत्ति संका नमानौ।
अहिले देशमा बिस्तारै त्यो प्रतिगामी शक्ति बलियो हुंदै गएको अबस्थाछ।त्यो हुनुको पछाडी नेताहरूको कम्जोरीलेनै हो उनिहरूलाई बहाना मिलेकोछ र बिस्तारै उनिहरूको भक्ति बढ्दै बढ्दै गएकोछ।
मञ्मा नेतालाई जनताले हातापाई गर्नु त्यसको फाइदा सिधा प्रतिगामीलाई जान्छ।सबै राजनीतिक दलहरू डांका चोर भनेर खुलेआम गालि गर्नु त्यसको बल प्रतिगामीलाई जान्छ यसरी दिनौदिन नेताहरूको निकम्मापनले गर्दा जनता आक्रोशितछन र उनिहरूले सबैलाई एउटै घानमा हाल्छन त्यो सबैको फाइदा राजावादीहरू लाई जान्छ।
हिंजो लुकेर हिंड्ने राजावादीहरू आज धेरै शक्तिशाली भएकाछन।एक दिन यस्तो आउंछ राजावादीहरू सँग नेताहरू डरले भुमिगत हुंनेछन।
एकातिर देशका कम्युनिष्ट भनौदाहरूको आचरण उनिहरूले अप्नाउँदै आएको दलालि प्रबृती र बड्दै गएको महंगी र भ्रष्टचार आर्को तिर हिंदु धर्ममा देखा परेको बृद्धीले देशको गणतन्त्र र धर्मनिरपक्षियतालाई कम्जोर बनाउँदै लगेकोछ।देशले संघियतालाई थेग्न नसकेको पनि अर्को कारणहो।देशको अर्थतन्त्रलाई डामाडोल गर्दै लगेकोछ।हिंजोका आफुलाई महान क्रान्तिकारी भन्ने बैध्य जस्ताले लगातार राजाको पक्षमा लेख लेख्नु र आफुले राजा संग मिलेर सरकारमा जाने भन्दै अहिले चुनाव बहिस्कारको ऐलान गर्नु यो सबै कारणले अहिले झनपछि झन प्रतिगामी जालले देशलाई घेर्दै लगेको मा कुनै संकाछैन।
कहिं मोहन बैध्य जी ले चुनाव बहिस्कार भनेर राजावादीहरूलाई भोट खसाल्ने योजना त छैन?अहिले सङ्का गर्ने ठाउँछ।त्यो आगामी दिनमा प्रष्ट हुदै जानेछ तर हामिले अहिले देेखुननै सचेत नहुनेहो भने गणतन्त्र प्रतिगामी शड्यन्त्रको सिकार हुनेछ।छिमेकमा भएको कटर हिंदुवादी सरकारले पनि सुरू देखिनै मल जल दिंदै आएकोछ।देशको राजनीति देशका शक्षेम नेताले होइन छिमेकीको गुप्तचर संस्थाले तय गर्दै आएकोछ भन्ने कुरा पटक पटक पुष्टी हुँदै आएकोछ।
अहिले राजनीतिक दलहरूको अदुरदर्सियताले गर्दा वा राजनीतिक दलहरूको ब्यबहारले गर्दा जनताहरूले भन्न पनि थालेकाछन यो भन्दा त पहिलेको राजतन्त्र वा पञ्चायती ब्यबस्थानै ठिक थियो।”त्यो जनताको भोगाईले अहिलेको ब्यबस्था प्रतिको घृणालाई बताउँछ तर यसको अर्थ यो कदापी होइन की बहुदलिय ब्यबस्था भन्दा निर्दलिए ताना शाही ब्यबस्था ठिक थियो।अहिले गणतन्त्रमा देशका जनताले नेताहरू लाई गाली गर्न पाएकाछन आ आफ्नो बिचार राख्न पाएकाछन धर्म निरपक्षियताले देशमा सर्व जात सर्व धर्मलाई सम्मान गरेकोछ।त्यसले गर्दा पहिलेको ब्यबस्था भन्दा कताहो कता अहिलेको बहुदलिय ब्यबस्था ठिकछ तर सबैको समस्यलाई समेट्न नसक्दा र राजनीति गर्ने नेताहरूको सामन्तबादी मानसिकता र बिदेशको दलाली गर्ने प्रवृतीले गर्दा पक्कै पनि देशका जनता वा देशलाई समेत बिदेशीको संघारमा पुराउँन खोजेकाछन।देशभित्रका असमान सन्धि र सम्झौता खारेज गर्ने नारा लगाएर देशको आमूल परिवर्तनको नारा दिएर झन असमान सन्धि र सम्झौताहरू गर्दै देशलाई प्रतिगामी दिशा तर्फ ढेकल्दै आएकाले पनि जनताले देशको हित यि राजनीतिक दलबाट हुन सक्दैन भन्ने हिसाबले पनि बिरोध गरेकाछन तर त्यो सबैको फाइदा प्रतिगामीलाई भएकोछ।
एउटा आमूल परिवर्तनकारी समूहले अहिलेको ब्यबस्थाबाट आफ्नो माग पुरा हुन्छ भनेर कल्पना समेत गरेको हुंदैन तर आमूल परिवर्तन वा कृषि क्रान्ति एउटा निश्चित परिस्थितीमा सम्पन्न हुने बिषयहो र हामीहरू हतास र निरास नभयर त्यसका लागी आधार तैयार पार्ने प्रयात्न गर्नुपर्दछ।अहिले हाम्रो थोरै अदुरदर्शिएताले देशलाई फेरी प्रतिगमन तिर डोराउँने शक्तिलाई फाईदा पुग्न सक्छ।
अहिलेको स्थानिय चुनाव द्वारा त्यसता प्रतिगमनकारी शडयन्त्रको भण्डाफोर्ड गर्दै राष्ट्रियता र गणत्रन्त्र र जनजिविकाको हितमा उठेका जुझारू प्रतिनिधिहरूलाई आफ्नो अमुल्य योगदान दिएर देशलाई बिदेशीका दलाल र प्रतिगामीहरू बाट जोगाउँनुपर्छ।

चर्चामा

सम्बन्धित समाचार