बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • समाज
  • एक महिना नबित्दै कर्णालीमा निर्माण भएको फेरिको याङ्कर वेल्डिङ भाच्चियो

एक महिना नबित्दै कर्णालीमा निर्माण भएको फेरिको याङ्कर वेल्डिङ भाच्चियो

बिचमै अट्कियो ट्याक्टर

  • शुक्रबार, चैत्र १८, २०७८
एक महिना नबित्दै कर्णालीमा निर्माण भएको फेरिको याङ्कर वेल्डिङ भाच्चियो
फाेटाे : पत्रकार उमेश शाहि

बाजुरा–स्वामिकार्तिक खापर र जगन्नाथ गाउँपालिकाको पिलिचौरको कर्णाली नदिमा निर्माण गरिएको फेरीको पिल्लरको याङ्करको वेल्डिङ भाच्चिएको छ । बाजुरा जिल्लाको कर्णाली पारी रहेको स्वामिकार्तिक खापर गाउँपालिकालाई सडक संजालमा जोड्नका लागि स्वामिकार्तिक खापर गाउपालिकाले फेरि निर्माण गरेको हो ।
स्वामिकार्तिक खापर गाउँपालिकाका स्थानिय नेत्र बहादुर शाहीको ट्याक्टर तार्ने क्रममा शुक्रवार बिहान फेरीको पिल्लरको याङ्करको वेल्डिङ भाच्चिएको हो । ट्याक्टर तार्ने क्रममा फेरीको डोरी चुडिएपछि फेरी कर्णाली नदिको तिरमा सर्पोटले थुनिएको छ । निर्माण भएको एक महिना नवित्दै फेरीको डोरी चुडिनु निर्माण निर्माण कम्पनिको लापर्वाही भएको स्थानियले बताएका छन ।
उक्त फेरीमा भे १ त ९४३१ नम्वरको टेक्टर फेरिमा जोखिम अवस्थामा छ । टेक्टर र फेरीलाई सुरक्षित ठाउमा ल्याउनका लागि स्वामिकार्तिक गाउपालिकाले स्काइभेटर घटना स्थलमा ल्याउन भनी सकेको गापा निमित्त प्रसासकिय अधिकृत पारस बहादुर शाहीले वताएका छन् ।
फागुन ३० गते फेरीको समुद्घाटन गरेर सन्चालनमा ल्याएको थियो । खालि ट्याक्टर तार्ने क्रममा याङ्करको वेल्डिङ भाच्चिएपछि ट्याक्टर बिचमा रहेको छ । जगन्नाथ गाउँपालिकालको वडा नं. १ र स्वामिकार्तिक खापर गाउँपालिकाको वडा नं. ४ को विच पीलुचौरको कर्णाली नदिमा फेरि निर्माण भएको हो । फेरी १ करोड ७४ लाखमा निर्माणको काम सुन्नदा मष्टेश्वरी निर्माण सेवा सँग सम्झौता भई काम गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार