शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • देश
  • सन नेपाल लाईफ इन्स्योरेन्स शाखा कार्यालय डडेल्धुरा द्धारा मृत्युदाबी भुक्तानी

सन नेपाल लाईफ इन्स्योरेन्स शाखा कार्यालय डडेल्धुरा द्धारा मृत्युदाबी भुक्तानी

  • बिहिबार, चैत्र १७, २०७८
सन नेपाल लाईफ इन्स्योरेन्स शाखा कार्यालय डडेल्धुरा  द्धारा मृत्युदाबी भुक्तानी

बाजुरा — सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय डडेल्धुराले मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ ।  कम्पनीले मृत्यु दाबी बापतको १ लाख ९५ हजार २ सय ५४ रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

 बुढिनन्दा नगरपालिका वडा नं. ३ निवासी मोतीकला लुहारले कम्पनीमा धन सरिता जीवन बीमा गराएकी थिइन । बुढिनन्दा नगरपालिका वडा नं. ३ कोल्टी घर भएकी स्वर्गिय मोतीकला लुहारको  २०७८ असाढ महिनाको अबिरल बर्षा संगै आएको खहरे खोलाले बगाएर मृत्यु भएको थियो । उक्त चेक सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा  प्रमुख दिपेन्द्र कुमार शाहले  मृतकका श्रीमान मन बहादुर लुहारलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय डडेल्धुरामा बोलायर मृत्यु दाबी वापतको चेक हस्तान्तरण  गरेका हुन ।

बिमालेख नं. ७०१००००००८३१ को बिमाङ्क रकम रु १ लाख ८५ हजार बराबरको रकम र बिमाशुल्क रकम रु ९ हजार ९ सय ३६ भर्दै आएको बिमीतको दोस्रो किस्तामै देहान्त भएकाले उहाको इच्छायको ब्याक्ति श्रीमान मन लुवारलाइ हस्तान्तरण गरेको शाखा प्रमुख  शाहले बताएका छन।

सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय डडेल्धुराका शाखा  प्रमुख दिपेन्द्र कुमार शाहले  बीमा अहिलेको समयमा अत्यावश्यक भएको र परिवारको जोखिम र बचतमा यसले सहयोग गर्ने कार्यक्रममा बताएका थिए ।

चर्चामा

सम्बन्धित समाचार