बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • स्टक
  • तरकारी खेतिले फेरिएको जीवन

तरकारी खेतिले फेरिएको जीवन

  • बुधबार, चैत्र १६, २०७८
तरकारी खेतिले फेरिएको जीवन

कालिका उपाध्याय — बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका ३ का एक परिवारले व्यवसायिक तरकारी खेती गरेर समाजमा उदाहरणीय बनेका छन् । साझ बिहान के खाउ भन्ने कौशिला बिष्टको परिवार अहिले गाउँमै व्यवसायिक तरकारी खेती गरेर राम्रो आम्दानी गर्ने गरेका छन् ।
निर्वाहमुखी कृषिबाट परिवारको प्रगति नहुने निष्कर्ष सहित १५ बर्ष पहिले साहुको रिणमा चलेको जीवन गाउमै तरकारी ब्यबसायी सुरु गरेका कौशिलाको परिवार खुशी साथ बिताउन थालेका बताउछन् ।
लालाबाला छिमेकीको भरमा छोडेर साझ बिहान हात मुख जोड्न गाउमा दिन भरी छिमेकीको काम गरेर जेनतेज परिवार पालिरहेको कौशिलाका परिवारका लागि केएर नेपाल बर्दान स्वरुप आयो । १५ बर्ष पहिला केएर नेपाल नामक सस्था आयो त्यसैको भात पकाउने जागिर कौशिल्लाका श्रीमान कृष्ण बिष्टले पाए । केएर नेपाल षोषण सम्बन्धि काम गर्ने सस्था थियो ।
त्यसै सस्थाका कर्मचारीको भात पकाउने जिम्मेकारी पाएका बिष्टले त्यहि सस्थाका कर्मचारीहरुको हैेसलाबाट आफूले गाउमा करेशाबारी सुरु गरेको अनुभ सुनाउछन् कौशिल्ला । पछि केएरको कार्यक्रम सकिदै गयो आफू परिवार सहित तरकारी खेति गर्नु पर्छ भन्ने हौसलाका साथ तरकारी ब्यबसायीमा लागेको उनले बताईन ।
अहिले त तरकारी खेति आफ्नो मुख्य आमदानीको स्रोत नै भएको बताउछन् । १५ बर्ष पहिले साहुको रिणमा चलेको जीबन तरकारी ब्यबसायी सुरु गरेपछि राम्रो आमदानी भएको र अरु कसैको भरपर्नु नपरेको बताउछन् ।

No description available.
कौशिल्लाको खेतबारीमा आजभोली मौसम अनुकुलका तरकारी फलफुलले झकीझकाउ छ । तरकारी र फलफुलबाटै मासिक २५ हजार भन्दा बढी आमदानी हुने गरेको बताउन । चार छोराछोरीलाई कापी कलम किन्न परिवारको नुत तेल घर खर्च गर्न कुनै चिन्ता छैन । त्यो बाट बचेको जम्मा गर्ने पनि गरेको उनले बताईन । तरकारी बेचेर आम्दानी पनि भईरहको छ । आफूले पनि पोषण यूक्त तरकारी खान पाईरहको बिष्टले बताए ।
गाउँमा मोटरबाटो र बजारको भने समस्य रहेको उनले बताए । नजिकै बजार छैन डोकोमा २ घण्टा बोकेर कोल्टि बजार पुगाएर तरकारी बेच्ने गरेको उनले उनले बताए ।
बिष्ट परिवारसंग प्रथाबित ज्ञान कमी भएको बताउछन् । बिगत १५ बर्स देखि परम्परागत हिसावले व्यवसायिक रुपमा तरकारि खेति गर्दै आएपनि उनले बताए । सिप नहुदा सोचे जत िर मेहनत गरेजति फलाउन नसकेको कृष्ण बिष्टले बताए । नगरपालिका कृषकलाई अनुदान तथा तालिम दिन्छ भन्ने सुनेको छु। तर वडा, नगरपालिकाले कहिलै सहयोग नगरेको बिष्टले बताए ।तीन बर्ष पहिले गिफ्ट नामक सस्थाले पूर्बका धेरै जिल्लाहरुमा मेहनती कृर्षकलाई भ्रमणमा लिने कार्यक्रम अन्र्तगत कौशिल्लाले पनि घुम्न पाएको बताएछन । पहिला श्रीमानको भरले सुरु गरेको तरकारी ब्यबसाय पछि घुमेर आएपछि धेरै कुराको जानकारी भएको कौशिलाले बताई । भ्रमणको क्रममा तरकारी खेतीका लागि टर्नेल पाईप कैची लगायतका सामानको आवश्यक पर्ने कुरा थाहा भयो । यता स्थानिय सरकारलाई सहयोग माग्दा तिमीले गरेकै छौ कीन चाहियो भनेर वास्ता नगरको बिष्टले बताईन ।

No description available.
पहिला पहिला त यताका मान्छेमा तरकारी खाने बानी नै परेको थिएन । तरकारी पनि कोही किनेर खान्छ भन्ने मानसिकता थियो । बिस्तारै परिवर्तन हुदै गएको छ । अहिले त बजारको माग अनुसार पुगाउन नसकेको बताउछन् । गाउँमा अव्यवस्थित बजार, यातायातको समस्या र तरकारी खेतिका लागि चाहिने बिउ भिजन अन्य सामान र सिचाईको अभाब लगायतका समस्या झेल्दै आउनुभएका बिष्ट दम्पती बताउछन् ।बिष्ट परिवारको मेहनत र आम्दानी देखे पछि बुढीनन्दा नगरपालिका ३ बेडुपानीका स्थानिय सबैले तरकारी तथा फलफुल खेती तिर आर्कषित हुन थालेका छन् । अहिले बेडुपानीका स्थानियको आर्थिकको मुख्य स्रोत तरकारी खेती नै भएको छ । स्थानिय सरकारले यस्ता मेहनती किसानका लागि प्राबिधिक देखी आर्थिक सहयोग गर्न जरुरी देखिने स्थानियको भनाईछ ।

चर्चामा

सम्बन्धित समाचार