
बाजुरा — नेपाली पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवसको अवसरमा बुधबार जिल्ला अस्पताल बाजुरामा रहेका बिरामिहरूलाई फलफूल बितरण गरी कार्यक्रम सम्पन्न भएको छ । महासंको स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महाँसघ बाजुराले जिल्ला अस्पताल बाजुरामा रहेको बिरामीहरुलाई फलफुल बितरण गरी स्थापना दिवस मनाएको हो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको आयोजनामा सम्पन्न कार्यक्रममा महासंघ संस्थापक अध्यक्ष दयाराम पण्डितको् प्रमुख आथित्य ,पुर्ब अध्यक्ष मदनराज जैशी प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य बसन्त बिश्वकर्मा जिल्ला अस्पतालका प्रमुख डाक्टर प्रकाशराज जोशीको विषेश आतिथ्यता सो कार्यक्रम संपन्न भएको नेपाल पत्रकार महासघंका उपाअध्यक्ष संगिता तिमिल्सेनाले बताएकी छन ।

नेपाल पत्रकार महासंघ बाजुराका बरिष्ठ उपाअध्यक्ष पदम बहादुर सिहंको अध्यक्षतामा संचालन भएको सो कार्यक्रमको संचालन उपाअध्यक्ष संगिता तिमिल्सेनाले गरेको महासघंले जनाएको छ । कार्यक्रममा जिल्लाका सञ्चारकर्मीहरूकाे सहभागिता रहेको थियो ।

