आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • मानिसले आफैलाई चिन्न सकेकोछैन अंझै।

मानिसले आफैलाई चिन्न सकेकोछैन अंझै।

  • बुधबार, चैत्र १६, २०७८
मानिसले आफैलाई चिन्न सकेकोछैन अंझै।

सुरेशकुमार पान्डे — यो दुनियांमा सबै प्राणी भन्दा चेतनसिल प्राणी मानिसहो मानिसले यो धर्तिमा लामुसमय देखी धेरै चिच पत्ता लगायो तर आफुलाई चिन्न सकिन र शक्तिहिन भयो।
एउटा मुर्तिकारले आफुले गहन मिहेनत बाट भगुवान नाम दिएर काल्पनिक आक्रिती तैयार पार्छ अनि त्यो मुर्तिलाई लिएर एउटा मन्दिरमा राख्छ अनि त्यसैको भक्ति आरधना गर्न थाल्छन।आफै बनाएको मुर्ति बाट देवता प्रकट हुँने आसामा जिवन भरी भक्तिगरेर जीवन समाप्त हुन्छ तर भगुवान प्रकट हुँदैन।
एकजना वैज्ञानिकले भगुवान छ कि छैन भनेर आफ्नो बलबुतामा अनुसन्धान गर्न खोज्छ तर उस्लाई राम्रो कामको सपोर्ट गर्नुको सट्टा कथित मानव समाजले त्यसलाई नास्तिक उप नाम उपाधी दिन्छन।एक जना सर्जिकलले अटेक आएको मानिसलाई वाइपास सर्जरी गरेर उस्मा प्राण भर्छ त्यही मान्छे आर्को दिन भगुवान आफैले बनाएको मुर्तिमा गएर सरण पर्छ तर त्यो सर्जिकललाई धन्यवाद पनि भन्दैन बरू डाक्टरले भुट्यो भनेर उल्टै गाली गर्छ।
दुनियां भरिका सवा दुइ सए भन्दा बढी देशमा देश पक्ष बेग्ला बेग्लै चारहजार भन्दा बढी धर्महरू देवी देवताहरूले सझिएको समाजमा मानिसको आ आफ्नै धुनमा धर्मक्रम का कार्यहरू हुने गर्छन।जोले पाप गय्रो भ्रष्टचार गय्रो त्यसलाई भगुवानले सजाए दिन्छ भनेर आत्मसन्तुष्ट गर्छन।
अनि जो भ्रष्टचारछ उस्ले पनि त्यो भ्रष्टचार बाट कमाएको अकुत धन मध्य थोरै दान गर्छन र आफु चोखो हुन्छन उनै भ्रष्टचारीहरूले चुनाव पनि जित्छन जनताले उनैलाई मत दिन्छन अनि पापी को भयो त?
आजको यो वैज्ञनिक युगमा हाम्रो समाज छुवाछुत मा अल्झिएकोछ।एउटा मानिसले आर्को मानिसको खानेकुरालाई छोयो भने त्यो बिल्टो भयो।धर्मका ठेकेदारहरूले भन्न सक्नुपर्छ मानिस किन बिल्टो हुन्छ?जीवन भरि काम गरेर खाने मान्छे जस्ले आरनमा बसेर औजार बनायो,टेलरमा बसेर लुगा सिलायो,टक्सालमा बसेर गहना बनायो,अनि कारखानामा बसेर जुत्ता सिलायो त्यो श्रमजीवी ब्याक्ति कसरी बिल्टो भयो?हाम्रो समाज सँग यसको कुनै उत्तर छैन र भन्छन उ दलित भयकै कारण बिल्टो भयो।अनि मानिस दलित भएर यो धर्तिमा कसरी आयो त मानव शास्तरको इतिहासको अध्यायन गर्नेहो भने त धर्मशास्तरले पनि मानिसको जात एउटै भनेकोछ,वैज्ञानिकले पनि एउटै जात भनेकोछ तर फरक केछ भने मात्र कामको आधारमा बांटिएको जातमा हुने बिभेदकारी समाजिक ब्यबहारको।जस्लाई ठग्ने र ठग्गिनेले बुझ्न नसकेको वा ठग्नेले बुझेपनि ठग्गिनेले बुझ्न नसकेको वा कता कतिले बुझेपनि बिद्रोह गर्न डराएको अबस्थाहो।मानिसहरूले आफ्नो शक्तिलाई चिन्न नसकेर नै काल्पनिक शक्तिको जनम भएकोहो त्यसकारणले मानव समाजलाई भगुवानले होइन कि भगुवानलाई मानव समाजले जन्मायो हुर्कायो र त्यसैको लागि आफुलाई मिटायो।
अहिले जति पिछडियको समाजछ उत्ति बढी धार्मिक शास्त्रको भेलुछ तर कयौं राजनीतिज्ञाहरूले यहि धर्मसास्त्रलाई आफ्नो उदश्य बनाएर राजनीति गरेकाछन हाम्रो समाजमा बढी अल्छि भ्रष्टचारीको जनम पनि धर्मको आडमा गरेको राजनीतिका कारणले हुनेगर्छ।बुजुर्वाहरूले जनतालाई जानी जानी पूर्वजनम पुनर्जनम स्वर्ग र नर्कका कुरा गरेर समाजलाई भ्रमित पार्ने काम गरिरहेका हुन्छन।एउटा ब्याक्तिलाई भ्रम मुक्त गर्न धेरै मिहेनत गर्नुपर्छ तर उस्वाई भ्रमित गर्न एक क्षाण उनिहरूलाई कुनै अलौकिक चमत्कारका कुराहरू गरे पुग्छ।
एकजना भिखारीले अल्ला भग्मान गाड आदीको नाम लिएर भिख माग्छ र त्यसलाई आफ्नो पेसानै बनाउँछ तर ज जस्ले भिख दिन्छन भिख दिने उदेश्य पनि भिन्दा भिन्दै हुन्छन।कसैले उस्लाई दया गरेर दिन्छ कसैले उस्लाई दिएको दश रूपिया आफुले गरेको धर्म जस्ले उस्लाई अहिले नभय आर्को जनमा फाइदा हुन सक्ने सोंचले दिन्छन कसैले त्यो भिखारीमा आफ्नो पुर्वज जस्तै देख्छन आदी बिभिन्न कारणले भिख दिनछन।बिगतका केही बर्षहरूमा छिमेकी देशमा भिखारीहरूको खुब काला कर्तुतहरूको पर्दाफाश भएको थियो अहिले त्यो रोकिएकोछ।
धर्मको नाममा शिवरात्रीको अवसरमा नागाहरूको मेला लागेको अवसरमा उनिहरूले आफ्नो गुप्त अंग देखाउँदै हिंड्छन र खुब भांग धतुराको सेवन गर्छन त्यसलाई कसरी बुझ्ने?समाजले त्यो नागाहरूको ब्यबहारले समाजलाई कस्तो असर परेको हुँन्छ।रूढीवादी गलत परमपरालाई शिक्षित बर्गलेनै हटाउँनु पर्नेहो तर अहिले त्यो शिक्षित बर्ग कस्लाई भन्ने?त्यो प्रश्न उठेकोछ।मानिसहरूले धेरै पढे लेखेकाछन अहिले लगभग अनपढको मात्रा सिमित हुंदै गएकोछ तर पनि उनिहरूले पढेर टेष्ट दिएपछि भगुवान संग प्ररारथना गरिको देखिन्छ पास हुनको लागी।हाम्रो देशमा करीब बहुमात कम्युनिष्ट पार्टी भनौदाहरूकोछ तर उनिहरू मध्य कयौं चुनावको वेलामा जीतको लागी जनतामा थोरै मन्दिर मज्जीदमा धेरै जाने गरेका हुन्छन।पार्टीका पि बि एमहरूले चुनाव जीतनका लागि पाठा कबुल्ने कांत्त्रे खोलालाई भाले कवुल्ने गरेको देखिन्छ यद्मापी कम्युनिष्ट पार्टी भौतिक धरातलमा उभिएको पार्टीहो।
उपरोक्त उधारणहरूले गर्दा समाज जगत लाई अध्यायन गर्दा मानिसले सबै खोज गर्यो गर्दै पनिछ आज सञ्चारको यति धेरै बिकास भएकोछ यो सबै मान्छेले नै गरेकोहो तर मान्छे आफैले आफैलाई चिन्न नसकेको अबस्थाछ।

चर्चामा

सम्बन्धित समाचार