• होमपेज
  • देश
  • जनप्रतिनिधिलाई राष्ट्रिय सभा अध्यक्षको प्रश्न : किन र केका लागि दोहोरिने ?

जनप्रतिनिधिलाई राष्ट्रिय सभा अध्यक्षको प्रश्न : किन र केका लागि दोहोरिने ?

  • आइतवार, चैत्र १३, २०७८
जनप्रतिनिधिलाई राष्ट्रिय सभा अध्यक्षको प्रश्न : किन र केका लागि दोहोरिने ?

काठमाडौं — राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले स्थानीय तहमा दोहोरिन चाहने जनप्रतिनिधिले किन र के का लागि दोहोरिन चाहेको हो स्पष्ट हुनुपर्ने बताएका छन् ।

आइतवार काठमाडौंमा भएको कार्यक्रममा उनले दोहोरिन चाहने जनप्रतिनिधिलाई आफ्नो नेतृत्वमा देश र नागरिकको आवश्यकता पुरा हुने, नहुने बिचार गर्न आग्रह गरे ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपालले आयोजना गरेको गाउँ सभा/नगर सभा सञ्चालन तथा कानून निर्माण प्रक्रिया सम्बन्धी स्रोत पुस्तिका विमोचन गर्दै उनले जनप्रतिनिधिहरुले दोहोरिने इच्छा देखाएर मात्रै नहुने बताए । पदमा दोहोरिने भन्दा पनि आगामी दिनमा के राम्रो काम गर्ने भन्ने विषय महत्वपूर्ण भएको उनको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार