काठमाडौं — त्रियुगा खोलामा डुबेर बालकको मृत्यु भएको छ। उदयपुर, त्रियुगा नगरपालिका ७ सहरेस्थित ठुलीआमा धनमाया रिखाम मगरको घरमा बस्ने झापा हल्दिबारी गाउँपालिका ५ त्रिबेणी चोक घर भएका गौर बहादुर मगरका छोरा ५ वर्षीय निस्पल मगरको त्रियुगा खोलामा डुबेर बिहीबार साँझ मृत्यु भएको हो।
उक्त खोलामा खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।