• होमपेज
  • देश
  • स्थानीय तह निर्वाचनका लागि २ करोड मतपत्र छापिने

स्थानीय तह निर्वाचनका लागि २ करोड मतपत्र छापिने

  • बिहिबार, चैत्र १०, २०७८
स्थानीय तह निर्वाचनका लागि २ करोड मतपत्र छापिने

काठमाडौँ–आउँदो वैशाख ३० गतेको हुने स्थानीय तहको निर्वाचनका लागि २ करोड मतपत्र छापिने भएको छ । निर्वाचन आयोगमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मतदाताभन्दा १० प्रतिशत बढी मतपत्र छाप्न लागिएको जानकारी दिएका हुन् । मतपत्र छाप्नका लागि ११ करोड रुपैयाँको कागज किनिसकेको छ ।

उनका अनुसार मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छाप्ने छ ।

यस निर्वाचनमा १ करोड ७८ लाख मतदाता हुन सक्ने अनुमान आयोगले गरेको छ । अन्तिम मतदाता नामावली भने चैत १३ गते सार्वजनिक हुने सहायक प्रवक्ता अर्यालले जनाए । आयोगले मतदाता नामावली, मतदाता परिचय पत्र, निर्वाचनसँग सम्बन्धित निर्देशिकालगायतका सामग्री छपाईका लागि विभिन्न ६ वटा प्याकेको बोलपत्र स्वीकृत गरी आपूर्तीकर्तासँग सम्झौता गर्न पत्राचार गरिएको जनाएको छ ।कान्तिपुरबाट ।

चर्चामा

सम्बन्धित समाचार