सर्च इन्जिन गुगलले आफ्ना मोबाइल प्रयोगकर्ताका लागि एउटा नयाँ तथा उपयोगी फिचर ल्याएको छ ।
उक्त फिचर अनुसार अब एन्ड्रोइड स्मार्टफोन प्रयोगकताले पछिल्लो १५ मिनेटको गुगल सर्च हिस्ट्रीलाई समेत डिलिट गर्न सक्नेछन् ।
गुगलले हाल यो फिचरलाई परीक्षणका रुपमा सुरु गरेको छ ।
आफ्नो फोनमा यो फिचर भए नभएको पत्ता लगाउनका लागि एन्ड्रोइड फोन प्रयोगकर्ताले गुगल एप खोलेर प्रोफाइल पिक्चर आइकनमा थिच्नुपर्दछ ।
त्यसपछि अकाउन्ट सेटिंग्सको पेज खुल्दछ । जसमा एक नयाँ अप्सन देखिन्छ जसमा लेखिएकोहुन्छ कि तपाईंले पछिल्लो १५ मिनेटको सर्च हिस्ट्री डिलिट गर्न सक्नुहुनछ ।
स्मरण रहोस् गुगलले गत जुलाईमै आइफोन प्रयोगकर्ताका लागि यो फिचर ल्याएको थियो ।
सबै एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्तालाई समेत आगामी केही हप्तामै यो फिचर उपलब्ध हुने बताइएको छ । डिफल्ट गुगल सर्च एपमा मात्रै यो फिचर प्रयोग गर्न सकिनेछ । गुगलले यो फिचरलाई डेस्कटपमा पनि सुरु गर्ने नगर्ने बारेमा केही बताएको छैन ।
गुगलले आगामी मे ११ र १२ मा आफ्नो वार्षिक डेभलपर सम्मेलनको आयोजना गर्दैछ । त्यही क्रममा १५ मिनेटको हिस्ट्री डिलिट गर्न सकिने फिचरसँगै अन्य हार्डवेयर तथा सफ्टवेयरहरु समेत सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।एजेन्सी