मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • कल्याण फाउण्डेसनद्धारा बिपन्न तथा असाहय बालबालिकालाई छात्रबृत्ति

कल्याण फाउण्डेसनद्धारा बिपन्न तथा असाहय बालबालिकालाई छात्रबृत्ति

  • मङ्लबार, चैत्र ८, २०७८
कल्याण फाउण्डेसनद्धारा बिपन्न तथा असाहय बालबालिकालाई छात्रबृत्ति

जँग रावल–बिपन्न तथा असाहय १० बालबालिकालाई छात्रबृत्ति प्रदान गरिएको छ । असाहय, अभिभाबक बिहिन, आर्थिक अबस्था कमजोर रहेका वालवालिकालाई उच्च शिक्षा सम्मका लागि पठनपाठन गराउने गरि छात्रबृत्ति शुरु गरिएको हो ।

Keine Beschreibung verfügbar.
कल्याण फाउण्डेसन अमेरिकाको आर्थिक सहयोग र बडिमालिका मिडिया हाउसको आयोजना तथा समन्वयमा बाजुराका १० जना बिपन्न तथा असाहय बालबालिकाहरुलाई छात्रबृत्ति सहयोग शुरु गरेको फाउण्डेसन सदस्य काशि अधिकारीले वताएका छन् । १० जनालाई पठनपाठनमा सहयोग गर्ने गरि छात्रबृत्ति कार्यक्रम शुरु गरेको कल्याण फाउण्डेसनका अध्यक्ष कुमारी धिताल लामिटारेले वताएकि छन् ।

Keine Beschreibung verfügbar. नियमित रुपमा सहयोग गर्ने उनले वताएकि छन् । छात्रबृत्ति सहयोग कार्यक्रमको मंगलबार एक औपचारीक कार्यक्रमका बिच शुभारम्भ गरिएको छ । बडिमालिका मिडिया हाउसको आयोजनामा सो कार्यक्रमको आयोजना गरि शुभारम्भ गरिएको बडिमालिका मिडिया हाउसका प्रमुख प्रकाश सिहंले बताएका छन ।

Keine Beschreibung verfügbar.
बडिमालिका नगरपालिका ७ बस्ने ५ बर्षको खगेन्द्र धामि र ६ बर्षका चेतन खत्रि, २ बस्ने ८ बर्षकि जेनिशा बिक, बडिमालिका नगरपालिका २ बस्ने १० बर्षकि अस्मिता खत्रि, ६ बर्षका अस्मीत खत्रि लाई सहयोग गरिएको छ । डोटिका शिलगढी नगरपालिका ८ डोटि बस्ने १५ बर्षकि रक्षा मल्ल, बडिमालिका २ बस्ने १६ बर्षका बिनोद नेपाली, ८ बर्षका कपिल नेपाली र बडिमालिका ७ बस्ने ५ बर्षकि दिपिका तिम्लिसेनालाई पनि सहयोग गरेको हो ।

Keine Beschreibung verfügbar.
त्यस्तै कैलालीको गोदावरी नगरपालिका ३ बस्ने गिता जोशीलाई पनि सहयोग गरिएको छ । गिता जोशी पत्रकार जेपी जोशीकि छोरी हुन्, जेपीको हत्या भएको थियो । १० जनालाई स्टेशनरी, झोला, लुगाकपडा र नगद सहयोगरिएको छ । सहयोग पाएपछि बिनोद नेपालीले भने यसलाई आफुलाई पठनपाठनमा निकै सहयोग हुने वताए । बिनोदकि आमाले अर्को बिहे गरेर गइसकेकि छन्, भने बुवा अहिले सम्म पहिचान हुन सकेको छैन् । बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्टले कापि कलम किन्न नसक्दा निकै समस्या रहेका बालवालवालिकालाई यो सहयोग ठुलो भएको वताईन् ।

Keine Beschreibung verfügbar.
नगरप्रमुख पदम बडुवालले भने १० जनालाई गरेको सहयोगले उनिहरुको भबिष्य उज्जले हुने वताए । पढन मात्र हैन तिनिहरुलाई दैनिक छाक टार्न समेत समस्या हुने गरेको थियो, यो सहयोगले उनिहरुलाई ठुलो सहयोग भएको बडुवालले वताएका छन् ।

Keine Beschreibung verfügbar.

फाउन्डेसनले १० जनालाई उच्च शिक्षा सम्म पठनपाठनमा सहयोग गर्ने जनाएको हो । प्रमुख जिल्ला अधिकारी उप्रेन्द्र राज पौडेलले यो सहयोग मानवीय ठुलो सहयोग भएको सहयोगिलाई धन्यवाद दिएका छन् ।

Keine Beschreibung verfügbar.
बडिमालिका नगरपालिकाको सभा हलमा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल रहेका थिए । बडिमालिका खवरका सम्पादक पदम बहादुर सिहंले संचालन गरेको कार्यक्रमका बिषिष्ट अतिथि बडिमालिका नगरपालिका नगर उप प्रमुख कबिता बिष्ट र प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल रहेका थिए ।

Keine Beschreibung verfügbar. बडिमालिका खवरका कार्यकारी सम्पादक तथा ब्यबस्थापक लक्ष्मीराज पाध्यायले स्वागत गरेका थिए । कार्यक्रममा बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रंगमल बिक बिपन्न तथा असाय बालबालिकाका अभिभाबक भएको वताएका छन् ।

Keine Beschreibung verfügbar.

चर्चामा

सम्बन्धित समाचार