मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • शन्द्रभ-विस्व कविता दिवश!

शन्द्रभ-विस्व कविता दिवश!

  • सोमवार, चैत्र ७, २०७८
शन्द्रभ-विस्व कविता दिवश!

लेखक-सुरेशकुमार पान्डे।

शिर्षक:-मैले के लेखौं?

आज जता ततै भ्रष्टचारले
दिनौं आकास छोएको वेला!
हाम्रै देशभित्र साम्राज्यवादले
कु-दृष्टी लगाएको वेला,
मैले के लेखुं ?

लाखौं लाख युवा देश बिहिन हुंदा,
असाय बृद्धा तिलमिलाएको वेला
भन्छन विस्वको कवि दिवश आज
धनले मानवतालाई जिलाएको वेला
मैले के लेखुं?

बिदेशीहरूको दिनौं चलखेल बढेको,
चौतर्फि महंगिले आकास छोएको वेला,
श्रमजीवीबर्गहरूको तरलछ अबस्था
कामखोज्न युवाले संसार धाएको वेला
मैले के लेखुं?

बुढा बुढीको काख रित्तिएको देख्दा,
मुटुको टुक्रा बाकसमा फर्केको वेला
आंखामा पर्छ बादल शुन्ह हुन्छ मष्तिक,
आफ्नै आंखाले त्यो दिस्य देखेको वेला।
मैले के लेखुँ?

हो मुर्दाहरू पनि ब्युंतिने रहिछन यहां,
हाम्रो देश भित्र चुनाव आएको वेला
बांचेकाहरूले कताकती चिहाउँदैछन,
मुर्दाहरूको कात्रो समेत चोरेको वेला।
मैले के लेखुं?
यहि भ्रष्टचारी जगमा आफु उभ्भिएर,
के लेखौं यो विस्वकवी दिवसको वेला,
लड्दै गए मर्दै गए देशका सिपाहीहरू,
देशमा भ्रष्टचारको बिगबिगि भएको वेला।
हो आज केलेखौं मैले
कवीता दिवसको वेला।
मैले के लेखुं???।

चर्चामा

सम्बन्धित समाचार