सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • कोल्टीमा निःशुल्क स्वास्थ्य शिविर समपन्न

कोल्टीमा निःशुल्क स्वास्थ्य शिविर समपन्न

  • आइतवार, चैत्र ६, २०७८
कोल्टीमा निःशुल्क स्वास्थ्य शिविर समपन्न

बाजुरा — जिल्लाको पुर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा निुशल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । शुक्रबारदेखी शुरु भएको शिबिर आईतवार बिहान सम्पन्न भएको छ ।
शिबिर बाट १३ सय ५० जनाले सेवा पाएका छन् । शिबिरमा विशेषज्ञ सहितको सहभागिता रहेको थियो । बुढीनन्दा नगरपालिकाको आयोजना र गण्डकी मेडिकल कलेज पोखराको सहयोगमा शिबिर गरिएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर नरेश पाध्यायले बताएका छन् । शिविरमा आँखा, दाँत, हात जोर्नी तथा नसा सम्बन्धी, महिलाको पाठेघर खस्ने, छाला, जनरल सर्जरी लगायतका सेवा प्रदान गरिएको थियो ।
गण्डकी मेडिकल कलेज बाट शिबिरका लागि १० जना बिशेषज्ञ चिकित्सक सहित जना मेडिकल अधिकृतको टोली आएको हो । गण्डकी मेडिकल कलेजले बाजुरामा पहिलो पटक निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको शिबिरमा सहभागि डा. तिर्थलाल उपाध्यायले वताएका छन् ।
शिविरमा बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिकाका का साथै छिमेकी जिल्ला हुम्ला र मुगुका स्थानीयले सेवा पाएका थिए । बाजुरा जिल्लामा यति धेरै जना बिशेषज्ञ चिकित्सक आएर निशुल्क शिविर सञ्चालन गरेको पहिलो पटक रहेको छ । शिबिर बाट उपचार अभाबमा रोगपालिरहेका बिरामीले सेवा पाएको बुढिनन्दा नगरपालिका उपप्रमुख सृष्टि रेग्मिले वताएकि छन् ।

चर्चामा

सम्बन्धित समाचार