सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • कञ्चनपुरमा जंगली बँदेलको आक्रमणबाट ७ जना घाइते

कञ्चनपुरमा जंगली बँदेलको आक्रमणबाट ७ जना घाइते

  • आइतवार, चैत्र ६, २०७८
कञ्चनपुरमा जंगली बँदेलको आक्रमणबाट ७ जना घाइते

धनगढी — कञ्चनपुरमा जंगली बँदेलको आक्रमणबाट ७ जना घाइते भएका छन्। जिल्लाको वेदकोट नगरपालिका-१० त्रिपुरा मन्दिर नजिक शनिबार घाँस काटिरहेका र पैदलयात्री गरी ७ जनालाई जंगली बँदेलले आक्रमण गरी घाइते बनाएको प्रहरीले बताएको छ।

घाइते हुनेमा वेदकोट-१० की १५ वर्षीया शारदा भट्ट, वेदकोट-३ की ३५ वर्षीया पद्मा कुँवर, ६२ वर्षीय सोबि कोली, ६० वर्षीय डम्मर लुहार, ५० वर्षीय पदम चन्द, २६ वर्षीय भरत ठगून्ना र ४० वर्षीय बजिरे रावत रहेका छन्। उनीहरुको महाकाली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

घाइतेमध्ये तीन जना पदम, भरत र बजिरे अस्पतालबाट डिस्चार्ज भइसकेका प्रहरीले बताएको छ। बँदेल वेदकोट-१० मै रहेको जयशंकर सामुदायिक वनबाट आएको हुनसक्ने प्रहरीको अनुमान छ।दिनेशखबरबाट

चर्चामा

सम्बन्धित समाचार