रुसी हमलापछि युक्रेन तहसनहस बनिरहेको छ । लाखौँ युक्रेनीहरु शरणार्थी बनेर छिमेकी मुलुकहरुमा आश्रय लिइरहेका छन् र देश छाड्ने युक्रेनीहरुको संख्या दिनानुदिन बढिरहेको छ ।
युक्रेनमा जारी संकटका विषयमा शक्ति राष्ट्र चीन अहिलेसम्म निरपेक्ष देखिएको छ । तर एउटा अनौठो कारणले गर्दा चीनसमेत युक्रेन मामिलामा जोडिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा प्रकाशित समाचारहरु अनुसार चीनमा युक्रेनी युवतीप्रतिको आकर्षण ह्वात्तै बढेको छ ।
अविवाहित चिनियाँ युवकहरुले विवाहका लागि युक्रेनी युवतीको खोजी गर्न सुरु गरेका छन् । डेटिङ सर्भिस एजेन्सी मिलिस्काले यो तथ्यको खुलासा गरेको हो ।
न्युयोर्क पोस्टमा छापिएको समाचार अनुसार पछिल्लो समय चिनियाँ युवकहरुको युक्रेनी जोडीप्रतिको रुची दोब्बर भएको छ । वास्तवमा रुसी आक्रमण पश्चात् युक्रेनका धेरै युवा जनशक्ति आफ्नो भविष्य र सुरक्षाप्रति चिन्तित बनिरहेका छन् ।
यही मौकामा विवाहका लागि चीनमा युवती फेला पार्न नसकेका चिनियाँ युवकहरु युक्रेनी युवतीहरुको उत्तम विकल्प बन्ने कोसिस गरिरहेका छन् । चिनियाँ युवकहरुले डेटिङ साइट तथा विवाह गराइदिने मेट्रिमोनियल साइटमार्फत् युक्रेनी युवतीसमक्ष बिहेको प्रस्ताव पठाउने क्रम बढेको छ ।
स्मरण रहोस् मेल अर्डर ब्राइड चीनमा एक लोकप्रिय अवधारणा हो । चीनमा विगतको जनसंख्या नियन्त्रण नीतिका कारण केटाहरुको तुलनामा केटीहरुको संख्या निकै कम छ ।
त्यसैले बिहे गर्ने उमेर पुगेका युवकहरुले चिनियाँ युवतीहरु फेला नपार्दा विदेशी केटीहरुको खोजी गर्नु परिरहेको छ । चिनियाँ युवकहरुको प्राथमिकतामा पूर्वी युरोपका युवतीहरु हुने गरेको पाइएको छ ।
यसअघि विदेशी जोडीको खोजी गर्ने चिनियाँ युवकहरुमध्ये ५ प्रतिशतले युक्रेनी युवतीको खोजी गर्ने गरेकोमा अहिले त्यो संख्या १० प्रतिशत पुगेको मिलिस्का डेटिङ सर्भिसको दाबी छ । एजेन्सीको सहयोगमा