शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • राजनीति
  • मेरो समर्थन,मेरो भोट

मेरो समर्थन,मेरो भोट

  • शनिबार, चैत्र ५, २०७८
मेरो समर्थन,मेरो भोट

शासनको विभिन्न तहमा जनताले कुशल,योग्य प्रतिनिधि छानेर पठाउने प्रक्रिया नै निर्वाचन हो !
नेपालको संविधान धारा ४६ तथा १३३(२) बमोजिम मतदाताले एक निर्वाचन क्षेत्रमा आफ्नो मत राख्न पाउनु उसको अधिकार हो !
सोहि बमोजिम समाज/ समुदायका नागरिकहरुको मन/ मस्तिष्कमा सकारात्मक हस्तक्षेप गरि उनिहरु लाई आफ्नो योजना अनुरुप निर्दिस्ट दिशा तिर लैजाने एक योग्य ब्यक्ती लाई मतदान गर्नु पनि ठूलो अवसर हो ! म मेरो आस्था प्रती बफदार रहि स्वामिकार्तिक गाउँपालिकामा निम्न भिजन सहित नागरिकहरुले बिश्वास राखेको ब्यक्ती लाई मतदान गर्न इच्छुक छु !
१) नागरिकहरुको जीवन स्तर माथी उकास्न पालिका भित्रका सम्पुर्ण बस्ती र वडाहरुमा मोटर बाटो बिकास गर्ने !
२) शिक्षा/स्वास्थ्य लाई विशेष प्रथामिकतामा राखी समस्याको पहिचान गरि बिधालय/स्वास्थ्य संस्था भवन निर्माण गर्ने !
३) सर्भसुलभ शिक्षा लाई आधारभुत तह सम्म पालिकाले आफ्नै पाठ्यक्रम बिकास गरि अध्यापन गराउने !
४) सुरक्षित मातृत्व सेवा लाई प्रभाबकारी बनाउन तथा दुर्गममा मातृमिर्त्यु दर घटाउन पालिका भित्रका हरेक स्वास्थ्य संस्थामा ग्रामिण भिडियो ए-सरे सेवा संचालन गर्न् सक्ने !
५) हरेक स्वास्थ्य संस्थामा प्रयोगशालाको ब्यबस्था गर्न सक्ने !
६) पालिका भित्रका हरेक बिधालयमा बिधुतिय प्रोजेक्ट बाट अध्यन/अध्यापन गराउन सक्ने !
७) पढाइ बाट बन्चित किशोर/किशोरीहरु लाई सिपमुलक तालिमको ब्यब्स्था गरि भबिस्य दिगो बनाउन पहल गर्ने !
८) उमेर नपुगी गरिने बालबिबाह लाई न्यूनीकरण गर्न सक्ने !
९) भ्रस्टचार न्यूनीकरण गर्न सक्ने !
१०) साबिक वाइ गा.बि.स.मा रहेको कपसाडीलाई कर्णाली नदि बाट पानी श्रोत ब्यबस्था गरि खेती योग्य रोपनीमा बिकास गर्ने !
११) संकल्पे/सुइदेउ/लोथी/जेबाले/जोरु मध्ये कुनै एक ठाउँ लाई आलु र स्याउ भण्डार क्षेत्र निर्माण गरि उधोग संचालन गर्न सक्ने ! र मिगु लाई तरकारी पकट क्षेत्रमा बिकास गर्नु पर्ने !
१२) संचार सेवालाइ बिस्तार गर्न पालिका भित्रका विभिन्न ठाउहरुमा टेलिकम टावर निर्माणको लागि पहल गर्न सक्ने !
१३) प्रमुख धार्मिक स्थल शाही माडु/भवानी माडु सम्म पुग्न सहजताको लागि पिलुचौर देखि उक्त स्थानसम्म केबुलकार निर्माण गरि आन्तरिक तथा बाह्य प्रयटक/तिर्थयात्रीहरु लाई बढ्वा दिन सक्ने !
१४) साबिक जेरा,सुइजिउला र काम्ती लाई धान/गहुँ खेतिको फार्मको रुममा बिकास गर्न सक्ने !
१५) विभिन्न जात/बर्ग र क्षेत्रका नागरिकहरुको आयआर्जनको बिकास गर्न उक्त समुदायको रुचि/सीप अनुरुप ब्यपार ब्यबसायमा लगानी गर्नु पर्ने !
१६) किसानहरुको लागि आबश्यक्ता र रुचि अनुरुप कृषि पार्म निमार्ण/बिकासको लागि आबश्यक उपकरण/बीउ/बिरुवा प्रदान गर्ने !
१७)अँध्यारो मुक्त गाउँपालिका बिकास गर्न कालिकोट बाट केन्द्रिय बिधुत लाइन पहल गरि उज्यालो गाउँपालिका बिकास गर्ने !
१८) चेतना स्तर लाई बृदी गर्दै छाउपडी प्रथालाइ अन्त्य गाउँपालिका घोषण गर्न सक्ने !
१९) स्थानिय सरकारी संरचनाहरु निर्माण गरि सेवाग्रहीहरु लाई सहजता तुल्याउने,पालिका हस्पिटल नागरिकहरुको पहुँच पुग्ने गरि उपयुक्त स्थानमा निर्माण गरिनु पर्ने,र साबिक साप्पाटा या साबिक वाइमा पालिका स्तरिय खेल मैदान निर्माण गर्नु पर्ने !
२०) योजना बनिसकेको कर्णाली पक्की मोटर पुललाई आफ्नै कार्यकालमा पहलगरी निर्माण गराइ सक्ने !
२१) विभिन्न बस्तीहरुमा भोग्नु परेको खाने पानीको लागि बृहत् योजना बनाइ आफ्नै कार्यकालमा निर्माण गरि सहज पिउने पानीको ब्यबस्था गरि सक्ने !
२२)परिवार नियोजन कार्यक्रम लाई जोड दिदै दम्पतिहरु लाई २ सन्तानमा खुशी बनाउन चेतनामुलक कार्यक्रम लागू गर्न सक्ने !
२३) सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत गर्भ अवस्था/प्रसुती अवस्था/ सुत्केरी अवस्थाको लागि विशेष कार्यक्रम लागू गर्न सक्ने !
२४)नसर्ने रोगहरुको लागि प्रत्यक चौमासिकमा निशुल्क स्वास्थ्य शिबिर आयोजना गर्न सक्ने!
२५) एकल महिलाहरुको लागि उपाध्यक्ष रेखदेख कार्यक्रमको प्याकेज तयार पारिनु पर्ने र जेष्ठ नागरिकहरुको लागि निशुल्क स्वास्थ्य उपचारको ब्यबस्था गरिनु पर्ने !
उपरोक्त एजेन्डा सहित चुनाबी मैदानमा आउने ब्यक्तीलाई मेरो समर्थन,मेरो भोट सुनिस्चित हुनेछ !

चर्चामा

सम्बन्धित समाचार