बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • पत्रकार र सरोकारवालाहरूलाइ सुचनाको हक सम्बन्धि अन्तक्रिया कार्यक्रम

पत्रकार र सरोकारवालाहरूलाइ सुचनाको हक सम्बन्धि अन्तक्रिया कार्यक्रम

  • शुक्रबार, चैत्र ४, २०७८
पत्रकार र सरोकारवालाहरूलाइ सुचनाको हक सम्बन्धि अन्तक्रिया कार्यक्रम

बाजुरा — जिल्लाकाे बुढीनन्दा नगरपालिकामा शुक्रबार पत्सरकार र रोकारवाला निकायसंग सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । सुचना आयोगका आयुक्त कमला ओलीकाे सहभागितामा कार्यक्रम संचालन गरिएको बुढीनन्दा नगरपालिकाका न्यायिकसमिति संयोजक सृष्टी रेग्मीले बताइन्। कार्यक्रममा जिल्लाका स्थानीय तह, सरकारी र गैर सरकारी कार्यालयले सूचना दिने अवस्था र सूचना माग्दा गर्ने व्यहोरेका समस्या तथा चुनौतीका विषयमा छलफल गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा सुचना आयोगका आयुक्त कमला ओलीले हक सम्बन्धी आवश्यक प्रावधान,सुचना दिनुपर्ने कार्यालयको कर्तव्य र कानुनी बाधा र प्रक्रियाका विषयमा जानकारी गराएकी थिइन् । नगर उप प्रमुख सृष्टि रेग्मीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा सूचना आयोगका आयुक्त कमला ओली प्रमुख अतिथी रहेकी थिइन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार रोकाया,बुढीनन्दा नगरपालिकाका नगर प्रमुख पदम कुमार गिरी विशिष्ट अतिथी रहेका थिए ।सूचनाको हक सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा नगरपालिकाका १० वटै वडाका वडाध्यक्ष, कार्यपालिकाका सदस्यहरुलगायत अतिथी रहेका थिए । नेपाल पत्रकार महासंघ बाजुराका कोषाध्यक्ष नहकुल जोशीले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य न्यायिक समिति सदस्य नन्दलाल सार्कीले गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार