शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढिनन्दा
  • कोल्टीमा विशेषज्ञ सहितको दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु

कोल्टीमा विशेषज्ञ सहितको दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु

  • शुक्रबार, चैत्र ४, २०७८
कोल्टीमा विशेषज्ञ सहितको दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु

बाजुरा — जिल्लाको पुर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा शुक्रबारदेखी दुई दिने विशेषज्ञ सहितको स्वास्थ्य शिविर सुरु भएको छ । दुइ दिने नि:शुल्क स्वास्थ्य शिविर पुर्व उद्योगमन्त्री कर्णबहादुर थापाले उद्घाटन गरेका छन् ।बुढीनन्दा नगरपालिकाको आयोजना र गण्डकी मेडिकल कलेज पोखराको सहयोगमा उक्त शिविर संचालन गरिएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर नरेश पाध्यायले बताएका छन् । शिविरमा आँखा,दाँत, हात जोर्नी तथा नसा सम्बन्धी, महिलाको पाठेघर खस्ने, छाला, जनरल सर्जरी लगायतका सेवा प्रदान गरिने जनाएकाे छ ।
कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष नृप खत्रीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा पुर्व उद्योगमन्त्री कर्णबहादुर थापा रहेका थिए । शिविरको उद्घाटन कार्यक्रममा बुढीनन्दा नगरपालिकाका नगर प्रमुख पदम कुमार गिरी,सूचना आयोगकी आयुक्त कमला ओली विशिष्ट अतिथी रहेका थिए ।

यस्तै कार्यक्रममा बुढीनन्दा नगरपालिका उप प्रमुख सृष्टि रेग्मी लगायत विभिन् पार्टीेका प्रमुख तथा प्रतिनिध्री, नगरपालिकाका १० वटै वडाका वडाध्यक्ष लगायत सहभागी थिए । बुढीनन्दा नगरपालिकाका कर्मचारी धर्मराज पाध्यायले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर नरेश पाध्यायले गरेका थिए ।

शिविरमा विशेष गरी महिलाको पाठेघर खस्नेलाई जोड दिइएको छ । शिविरमा बुढीनन्दा नगरपालिका,हिमाली गाउँपालिका,स्वामीकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिकाका का साथै छिमेकी जिल्ला हुम्ला र मुगुका स्थानीयले सेवा पाउने भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार