बाजुरा — तपाईहरु मार्तडी बजारमा गएर खसीको मासु भनेर खादै हुनुहुन्छ यदि खसीको मासु भन्दै खादै हुनुहुन्छ भने अब होसियार बन्नुहोला । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा संकास्पद रूपमा मारेकाे स्यालका केही अंगहरू पाेका बाधेर फालेकाे पाइएकाे छ । आज अर्थात चैत्र एक गते बजार अनुगमन गरी बरामत गरी टिप्परमा लगेको साम्रगी जलाउने क्रममा स्यालको टाउको खुट्टा र आन्द्राहरु देखीएका थिए । बडिमालिका नगरपालिकाको फोहोर उठाउने टिप्परमा बजार अनुगनमा म्याद गुर्जेका सामानहरु जलाउन लैजाने क्रममा सो साम्रगी सहित पलास्टिककाे बाेराेमा बाधेर साेही टिप्परमा फालेकाे अबस्थामा फेला परेको हो । अब कुनै हाेटलमा मासु खादा सचेत बन्नुपर्ने अबस्थाकाे श्रृजना भएकाे छ । याे स्यालका केही अंगहरू फेला पर्नुले थप संका उत्पन्न भएकाे जिल्ला प्रशासन कार्यालय बाजुराका नयन रावलले बताए । उनले भने मासु पशलहरूकाे भेटेनरी अस्पतालले निग्रानी गर्नुपर्ने बताए।
बजारमा धेरै जसो स्याललाई पासोमा हालेर मार्ने र केहीले मासुको रुपमा बिक्री बितरण गर्ने र धेरै जसाे स्थानीय उत्पादनको मदिरामा प्रयोग हुने गरेको स्थानीयको भनाई रहेको छ । बजारमा सो स्यालका टाउको र खुट्टाहरु कसले टिप्परमा हालेको हो भन्ने कुरा पत्ता लागेको छैन । स्यालको मासु बिक्रि गर्नेलाई हदै सम्मको कार्बाही गर्न अनगुमनको साम्रगी जलाउन गएको टोलीले भनेको छ ।
सो सामान जलाउन खाद्य प्रबिधी तथा गुण नियन्त्रण बिभाग डोटीका प्रमुख सागर दाहल, जिल्ला प्रशासन कार्यालय बाजुराका प्रतिनिधी नयन रावल, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रतिनीधीहरु र पत्रकारहरुको उपस्थिी रहेको अबस्थामा सो स्यालको टाउको, खुट्टा र आन्द्राहरु फेला परेको प्रहरीले जनाएको छ ।
टिप्पर चालकका अनुसार सो स्यालका खुट्टा सहितको फोहोर हिजो राती नै कसले हालेको बिहान देखेको बताएका छन । जिल्ला कारागार नजिकै टिप्पर पार्कीङ गरेको अबस्थामा त्यही आसपासका मान्छेहरुले हालेको हुन सक्ने उनले बताएका छन । साे स्यालकाे खुट्टामा पासाे पनि रहेकाे थियाे ।
पटकपटक अनुगमन गरेर सचेत हुन आग्रह गरे पनि सदरमुकाममा मार्तडीमा सञ्चालित विभिन्न प्रकृतिका मासु पसलहरु अझै सुध्रिन सकेका छैनन् । मासु पसल नसुध्रिनुले उपभोक्ताको स्वास्थ्यमाथी नै गम्भीर खेलवाड भैरहेको भेटिएको छ । सरोकारवाला निकाय र संघसंस्थाले दिएको सुझावलाई लत्याउँदै मासु व्यवसायीहरुले जथाभावी रुपमा आ-आफ्नै पाराले अटेर गरेर व्यवसाय सञ्चालन गर्दै आइरहेका छन् ।