शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • छात्राहरुले एक चुल्ठी बाट्दा केटाहरुमा उत्तेजना ! जापानी स्कुलमा लगाइयो अनौठो नियम

छात्राहरुले एक चुल्ठी बाट्दा केटाहरुमा उत्तेजना ! जापानी स्कुलमा लगाइयो अनौठो नियम

  • सोमवार, फाल्गुन ३०, २०७८
छात्राहरुले एक चुल्ठी बाट्दा केटाहरुमा उत्तेजना ! जापानी स्कुलमा लगाइयो अनौठो नियम

काठमाडौं — के केटीहरुले कपालमा बाटेको चुल्ठीले केटाहरुमा यौन उत्तेजना आउँछ ? धेरैलाई यस्तो प्रश्न वाहियात लाग्न सक्दछ । तर जापानका कतिपय विद्यालयहरुले भने छात्रहरुमा यौन उत्तेजना ल्याएको भन्दै छात्राहरुलाई कपालको एउटा चुल्ठी बाट्न अर्थात् पोनीटेल बनाएर आउन प्रतिबन्ध लगाएका छन् ।

द न्युयोर्क टाइम्समा छापिएको खबर अनुसार जापानका स्कुलमा एउटा चुल्ठी बाट्न नपाइनुका अलवा अन्य कतिपय यस्ता नियमहरु पनि छन् जो निकै असहज लाग्दछन् । कतिपय स्कुलमा मोजाको रङ, स्कर्टको लम्बाइदेखि अण्डरवेयरका विषयमा पनि अनौठा नियम तोकिएको हुन्छ । केटीहरुले केबल सेतो रङको अण्डरवेयर लगाउनुपर्ने नियम हुन्छ स्कुलहरुमा । त्यस्तै कपालमा कलर गरेर अरु रङ बनाउन पाइँदैन र कालो हुनै पर्दछ ।

छात्राहरुले एउटा चुल्ठी बाट्न नपाउने उक्त नियमलाई लिएर सन् २०२० मा जापानको फुकुओका इलाकाका विभिन्न स्कुलहरुमा सर्भेक्षण गरिएको थियो । त्यसक्रममा छात्राहरुले एउटा चुल्ठी बाट्दा नाङ्गो गर्धन देखिने र त्यसले केटाहरुमा यौन उत्तेजना आउने कतिपयको तर्क थियो ।

धेरै मानिसको त्यस्तो धारणा पाएसँगै स्कुलहरुमा छात्राहरुलाई एउटा चुल्ठी बाट्नमा प्रतिबन्ध लगाइयो । जसका कारण छात्राहरुलाई त्यस्तो नियम मान्नुको विकल्प रहेन । स्कुलहरुले यो नियमलाई जबरजस्ती लागू गरेका छन् । कतिपय यस्ता अनौठो र परम्परागत नियमहरुलाई ‘ब्ल्याक रुल्स’ पनि भनिन्छ । –एजेन्सी

चर्चामा

सम्बन्धित समाचार