बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • साउदी अरबका विदेशमन्त्री आज नेपाल आउँदै

साउदी अरबका विदेशमन्त्री आज नेपाल आउँदै

  • सोमवार, फाल्गुन ३०, २०७८
साउदी अरबका विदेशमन्त्री आज नेपाल आउँदै

काठमाडौं — साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद सोमबार नेपाल आउने भएका छन् । उनले चैत १ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्न लागेका हुन् ।

भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग १ गते भेट गर्ने छन् ।

उनी हाल श्रीलंका भ्रमण गरी नेपाल आउन लागेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार