शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • रुस र युक्रेनबीचको लडाइमा १३ सय युक्रेनी सेना मारिए : जेलेन्स्की

रुस र युक्रेनबीचको लडाइमा १३ सय युक्रेनी सेना मारिए : जेलेन्स्की

  • आइतवार, फाल्गुन २९, २०७८
रुस र युक्रेनबीचको लडाइमा १३ सय युक्रेनी सेना मारिए : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस र युक्रेनबीचको लडाइँमा १३ सय युक्रेनी सेना मारिएको बताएका छन् । २४ फेब्रुबरीदेखि भएको रुसी हमलामा आफ्ना १३ सय युक्रेनी सेना मारिएको उनले बताएका हुन् । त्यस्तै, करिव ५०० देखि ६०० रुसी फौजले युक्रेन िसेनासमक्ष आत्मसमर्पण गरेको उनले दाबी गरेको बीबीसीले जनाएको छ ।

यसैबीच, युक्रेनको राजधानी किभबाट दक्षिणमा रहेको एउटा सैन्य आधारमा रुसी सेनाले मिसाइल प्रहार गरेको विवरण सार्वजनिक भएको छ । रुसी सेनाले किभ बाहिरको क्षेत्रलाई घेरा हालेर आक्रमण तीव पारिरहेको बेला उसले २५ किलोमिटर दूरीबाट राजधानीका सैन्य अखडालाई निशाना बनाएको छ ।

फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रो र जर्मन चान्सलर ओलाफ सोल्जले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्धबिराम गर्न आग्रह गरेका छन् ।

यसैबीच, राष्ट्रपति जेलेन्स्कीले देशका नागरिकहरूलाई दिइने सर्वोच्च सम्मान ’युक्रेनको नायक’ उपाधि प्रदान गर्ने आदेशमा हस्ताक्षर गरेका छन् ।एजेन्सी

चर्चामा

सम्बन्धित समाचार