शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचार/ब्लग
  • सपुतको गीतमा आपत्ति जनाउँदै माओवादी नेता तिमिल्सैना

सपुतको गीतमा आपत्ति जनाउँदै माओवादी नेता तिमिल्सैना

  • आइतवार, फाल्गुन २९, २०७८
सपुतको गीतमा आपत्ति जनाउँदै माओवादी नेता तिमिल्सैना

प्रकाश सपुत लाइ माओवादी नेता तिमिल्सैना को कडा प्रश्न- लाखौ महिला योद्धाहरूको चरित्र हत्या गर्ने इजाजत कसले दियो?

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का नेता खकेन्द्र तिमिल्सैना खुमन ले प्रकाश सपुत ले भर्खरै ल्याएको पिर बोलको गीतमा देखिएको जनयुद्ध मा लागेको महिला हरु देहव्यापारमा लागेको जसरी दर्शाउने गरि अर्का तर्फ गित ले एकातिर सामजिक मूल्य मान्यता को खिल्लि उडाउने तवरले आएको भन्दै प्रकाश सपुत लाइ चेतावनी दिएका छन् ।

उनले समाजमा रहेका विकृति बिसंगति हरु छुवाछुत प्रथा,जातिय विभेद नौलो जनवादी शत्ता को लागि नखाई नलाइ ज्यान को प्रवाह नगरी देश कै लागि भनेर लडेका युद्धाको ठाडो अपमान यो गित ले गरेको बताउनुभयो। बिशेष गरि माओवादी जनयुद्धले बेस्याबृत्ति गर्न सिकाउने आशयको भिडियो गित ले दर्साउन खोज्दा लाखौं लाख जनयुद्ध मा होमिएका महिला हरु लाई थप अपमानित गर्ने नियतले यो सामाजिक मुल्य मान्यता लाइ खलबल्याउने प्रहार गर्ने उदेश्य नै भएको तिमिल्सैना को आरोप छ ।

दलित समुदायको मुक्तिको लागि सर्वाहारा श्रमजीवी वर्गको उत्थान तथा अधिकार का लागि भनेर लडेका लाखौं योद्धा हुरु को रगत पसिना बाट प्राप्त उपलब्धि लाइ उल्ट्याउने खोज्ने हरु ले प्रकाश सपुत लाइ प्रयोग गर्दै यस्तो गरेको गर्न लगाएको हुनसक्ने उहाँ को आशंका छ। प्रकाश सपुत लाइ हेक्का रहनुपर्ने थियो कलाकार ले कलाकार को ठाउँमा आफ्नो कला प्रदशन गर्ने हो । अर्काको चरित्र हत्या गर्न पाइदैन फेरि माओवादी आन्दोलन ले प्रकाश जस्तै धेरै दलित जनजाति हरुको अधिकार र पहिचान को लागि कुनै पनि हालतमा थिचिएको अन्याय भएको सहदैनौं ।

भनेर नै लडेको हो आज जति पनि मुलुकको स्थिति यहाँ सम्म आएको छ त्यो स्वतन्त्रता सबै चिज माओवादी जनयुद्धले ल्याएको परिवर्तन भएको उहाँको दाबि छ।गित ले दर्साउन खोजे जस्तो बेश्या बन्न ज्यान को प्रवाह नगरी ज्यान लाइ हत्केलामा राखेर महिला हरु काखमा दुधे बालक बोकेर जनयुद्ध मा हिड्न बाध्य भएका होइनन आफुलाई परेको अन्याय सहन नसकेर आफ्नो अधिकार का लागि भनेर लडेका लाखौं लाख महिला हरु को जिवन मा ठेस पुग्ने गरि बनाइएको गित सामाजिक रुपमा बहिस्कार गर्न लायक भएको उहाँको भनाइ छ।

माओवादी हरु लाइ आज बिभाजित भएको नाजायज फाइदा उठाएर माओवादी बिरुद्ध को बिभिन्न किसिमका सड्यन्त्र गर्न प्रोत्साहित गर्ने हर्कत हरु बढेको भन्दै नेता तिमिल्सैना ले माओवादी केन्द्र जबसम्म यो मुलुकमा रहन्छ तबसम्म जनता को पक्षमा न्याय को पक्षमा समृद्धि को पक्षमा विकास को पक्षमा आफू लाइ उभ्याउने प्रष्ट पार्नुभयो ।

चर्चामा

सम्बन्धित समाचार