सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • शिक्षा
  • भन्सार एजेन्टको लिखित परीक्षा स्थगित

भन्सार एजेन्टको लिखित परीक्षा स्थगित

  • शनिबार, फाल्गुन २८, २०७८
भन्सार एजेन्टको लिखित परीक्षा स्थगित

भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरेको छ । उच्च अदालत पाटनबाट अल्पकालीन अन्तरिम आदेश जारी भएपछि परीक्षा स्थगित गरिएको हो ।

विभागले फागुन २८ मा भन्सार एजेन्टको इजाजत पत्रको लागि लिखित परीक्षा गर्ने तयारी गरेको थियो । तर उच्च अदालत पाटनबाट फागुन २६ मा विभाग समेतको नाममा चैत ६ गतेसम्म स्थगित गर्नु भनी अल्पकालीन अन्तरिम आदेश जारी भएको विभागले जनाएको छ । भन्सार एजेन्टको इजाजत पत्रको लिखित परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको विभागले जानकारी दिएको छ ।साभार राताेपाटी ।

चर्चामा

सम्बन्धित समाचार