शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • २०७९ सालको बिदा : दशैंमा ६ दिन, शनिबारबाहेक ४३ दिन बिदा

२०७९ सालको बिदा : दशैंमा ६ दिन, शनिबारबाहेक ४३ दिन बिदा

  • शुक्रबार, फाल्गुन २७, २०७८
२०७९ सालको बिदा : दशैंमा ६ दिन, शनिबारबाहेक ४३ दिन बिदा

काठमाडौं — संघीय सरकारले २०७९ सालको बिदा सार्वजनिक गरेको छ । बिहीबार राजपत्रमा प्रकाशित सूचनामा शनिबारबाहेक ४३ दिन सार्वजनिक बिदा उल्लेख छ ।

गृह मन्त्रालयले जारी गरेको सूचनामा वर्षभरिमा ५२ दिन शनिबार र ४३ दिनमध्ये ३३ दिन राष्ट्रिय बिदा र १० दिन सम्बन्धित क्षेत्रका कर्मचारीका लागि बिदा दिने जनाइएको छ ।

राजपत्रमा प्रकाशित सूचना अनुसार हरेक वर्ष चर्को बहस हुने पृथ्वी जयन्तीको दिन सरकारले राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको छ । तर यस दिन सार्वजनिक बिदा भने दिइएको छैन । दशैंमा ६ दिन बिदा दिइएको छ भने तिहारमा ४ दिन बिदा छ ।

मुलुक संघीय संरचनामा गएपछि संघ, प्रदेश र स्थानीय तहले आफ्नो क्षेत्राधिकारभित्र थप बिदा दिन सक्ने व्यवस्था छ । यो भने संघीय सरकारले देशभर तोकेको बिदा मात्रै हो ।अनलाइनखबरबाट
२०७९ सालको बिदाको तालिका

चर्चामा

सम्बन्धित समाचार