• होमपेज
  • राजनीति
  • इन्जिनियरहरुको चुनाव जारी, पाँच समूह प्रतिस्पर्धामा

इन्जिनियरहरुको चुनाव जारी, पाँच समूह प्रतिस्पर्धामा

  • शुक्रबार, फाल्गुन २७, २०७८
इन्जिनियरहरुको चुनाव जारी, पाँच समूह प्रतिस्पर्धामा

काठमाडौं — इन्जिनियरहरुको संस्था नेपाल इन्जिनियर्स एसोसिएन (नेइए) को नयाँ कार्यसमिति चयनका लागि निर्वाचन भइरहेको छ ।

३३ औं केन्द्रीय कार्यकारिणी समितिका लागि पाँच समूह प्रतिस्पर्धामा छन् । सत्ता नेतृृत्वकर्ता कांग्रेस पक्षधरका दुई समूहले छुट्टाछुट्टै प्यानल खडा गरेका छन् ।

कांग्रेस निकट इन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) दुई समूहमा विभाजित भएको छ । अध्यक्षमा उम्मेदवारी दिएका डा. हरिबहादुर दर्लामी र दिलीप कुमार झा कांग्रेस निकट हुन् । दुबै पक्षले प्यानल सहित उम्मेदवारी दिएका छन् ।

दर्लामीलाई पार्टीको साथ छ भने झालाई सिडेनका ६ पूर्वअध्यक्षहरुको समर्थन छ । आफ्नै संगठनबाट वागी उम्मेदवार बनेपछि सिडेनले झासहित १३ जनालाई निष्कासन गरेको छ ।

इन्जिनियरको चुनावमा कांग्रेसकै दुई प्यानल, कम्युनिस्टहरु तितरवितर
सत्ता गठबन्धनका अन्य तीन दल माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीले छुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका छन् । एकीकृत प्रगतिशील इन्जिनियर समूहबाट तीन दल निकटका इन्जिनियरहरुले डा. हरिराम पराजुलीको नेतृत्वमा प्रतिस्पर्धा गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल एमालेले लोकतान्त्रिक समाजवादी पार्टीसँग गठबन्धन बनाएर उम्मेवारी दिएको छ । केन्द्रीय पदाधिकारीमा कोषाध्यक्ष लोसपा पक्षलाई दिएर गठबन्धन बनाइएको छ । एमाले निकट प्रोग्रेसिभ इन्जिनियरिङ प्रोफेसनल्स एसोसिएसन नेपाल (पेपान)ले अध्यक्षमा डा. सुरज लामिछानेलाई उठाएको छ ।

केन्द्रमा यसअघि उम्मेदवार नबनाएको नेपाल मजदुर किसान पार्टीले समेत यसपटक छुट्टै प्यानल बनाएको छ । राजेन्द्र प्रसाद हाडाको नेतृत्वमा नेमकिपा निकट इन्जिनियर समाज प्रतिस्पर्धामा छ ।

देशभरका १४ स्थानमा विहान ९ बजेदेखि सुरु भएको मतदान साँझ पाँच सकिने बताइएको छ । मतदाताहरु २१ हजार ६८० छन् । निर्वाचनले २५ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षे हुन्छ ।साबार अनलाइनखबर

चर्चामा

सम्बन्धित समाचार