शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • भारतमा पांच राज्यको चुनावी नतिजा!

भारतमा पांच राज्यको चुनावी नतिजा!

  • शुक्रबार, फाल्गुन २७, २०७८
भारतमा पांच राज्यको चुनावी नतिजा!

सुरेशकुमार पान्डे — अहिले भारतको पांचौटा राज्यमा भएको चुनावमा कांग्रेस को नराम्ररी हार भएकोछ।बिजेपीले चारौं जिल्लामा सरकार बनाउँने भएकोछ।
तर सबैभन्दा फाइदा अहिले आम आदमी पार्टीलाई पञ्जाबमा धेरै ठुलो बहुमत मिलेकोछ कुल११७सिटमा अरबिन्द केजरीवालको पार्टीलाई ९२सिट दुईतिहाई बहुमत प्राप्त भयो यो ठुलो सफलताहो।
अहिलेको पांचौ सिटको निम्न अनुसारको मत प्राप्त भयो।
पंजाबमा ११७सिट आम आदमी पार्टी९२सिट, कांग्रेस१८,बिजेपी२,अकालि दल४र अन्य१,
उत्तारा खण्डजम्मा ७०-बिजेपी४७,कांग्रेस१९,अन्य४,
मणिपुर६०-बिजेपी३२कांग्रेस४,Npp८,npf५अन्य११,
गोवा-४०-बिजेपी२०,आम आदमी२,कांग्रेस११,अन्य७,
उत्तर प्रदेश-४०३-बिजेपी२६८,SP१३०,कांग्रेस२,BSP१,अन्य२,
अहिले बिजेपीलाई पनि भारि जित भएकोछ यद्मापि पहिलेको भन्दा आंशिक नोक्सान पनि भएकोछ।आम आद्मिपार्टीलाई धेरै फाईदा भएकोछ उस्ले गवामा समेत आफ्नो दुई सिट लिएकोछ।
पांजाबमा सबैभन्दा नोक्सान कांग्रेस र अकालि दल बादलको भयकोछ।
अहिले पञ्जाबमा पहिलो पल्ट आम आदमी पार्टीको सरकार बन्दैछ।आम आदमी पार्टीलाई त्यंहाका जनताले अकालि दल बादल र कांग्रेस को विक्लपमा चुनेकाछन।पंजाबका दिग्ज नेताहरूलाई धुलो चटाउँन अरबिन्द केजरीवाल सफल भएकाछन।अहेलेको यो चुनावलाई सरसरति नियाल्नेहो भने सबैभन्दा नोक्सान कांग्रेसलाई भएको देखिन्छ।आर्को तिर बिजेपीलाई अंझैपनि जनताले प्रखने प्रतात्नमाछन तर नयां रूपमा अरबिन्द केजरीवालको पार्टीलाई धेरै सफलता मिलेकोछ।यसरी आम आदमी पार्टीको भबिस्य उज्वोल देखिन्छ।
अहिले पञ्जाबमा अरबिन्दले चितेका छन तर उन्लाई यंहा दिल्लीको जस्तै चुनौतीको सामना गर्नुपर्नेछ।पञ्जाबमा टेक्नोलोजीको राम्रो बिकास छ तर पनि पञ्जाब राज्य कृषिप्रधान राज्यहो।यँहा किसानहरूलाई बिजलिको छुट छ अहिले अरबिन्दलाई यो राज्यमा आर्थिकलाई जुटाउँने नयां योजना बनाउँनुपर्नेछ।
अरबिन्द केजरीवाललाई पञ्जाबका जनताले किसान आन्दोलनलाई उन्ले दिएको समर्थनलेपनि प्रभावित गर्यो।पञ्जाबमा किसानहरूले त्यँहाको राजनीतिक लाई जिताउँने हराउँने गर्छन।पञ्जाबमा दश बर्स सम्म राजगरेको अकालि दल मात्रैहो अरूलाई त्यंहाका जनताले पांच पांच बर्षमा बदल्दै आएकाथिए।
अहिले पनि किसानहरूले नै पञ्जाबमा कुचो लगाएर अन्य त्यँहाका अकालि दल बादल र कांग्रेस लाई आफ्नै आगनबाट बढारेर अरबिन्द केजरिवाललाई पहिलो पल्ट भारी मतले विजय गराएकाछन।त्यो मात्रै होइन गोवा जस्तो ठाउँमा पनि पहिलो पल्ट अरबिन्दले दुईटा सिट जितेर खाता खोल्न सफल भएकाछन।
अरबिन्द केजरिवालले करिब १५बर्ष बाट दिल्लिमा सरकार चलाएकाछन यद्मापी दिल्लिलाई पुर्ण राज्यको दर्जा मिलेकोछैन।केन्द्र सरकारमा बिजेपी बिराजमान छ तरपनि दिल्लि भारतको राजधानीमा अरबिन्दको राज बरकरारछ।दिल्लिमा उन्ले गरेको मिहेनतको परिणाम आज पञ्जाब र गोवामा पनि देख्न मिल्यो।अब अरबिन्द केजरीवाल राष्ट्रिय नेताको रूपमा उभ्रिएकाछन।उन्को जिम्मेवारी पनि बढेकोछ।
दिल्लिमा महिंलाहरूलाई किराया माफछ, बिजलि २००युनिट र पांच सए लिटर पानि फिरिछ यसबाट गरिबलाई फाईदा भएकोछ।यदि दिल्लिलाई पूर्णत राज्यको दर्जा हुँन्थ्यो भने दिल्लिको गृह मत्रलय अरबिन्दको हाथमा हुनेथियो र अन्त भ्रष्टचार गरेर लुकेकाहरू जेलभित्र हुनेथिए।तर दिल्लिलाई राज्यको दर्जा मिलेकोछैन।यो माग स्वायम बिजेपीको थियो तर अहिले उसैको केन्द्रमा सरकारछ तरपनि अरबिन्द केजरीवाललाई कयौं पटक आफ्नो मागलाई लिएर सडकमा धर्ना दिएको देखिन्छ।अरबिन्द केजरिवालको लोक प्रियता बढ्दै गएकोछ भन्ने कुरा पटक पटक देखिएकोछ अहिले पञ्जाबमा पनि देखा पय्रो।

चर्चामा

सम्बन्धित समाचार