शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • म्यादी प्रहरीको भर्ना खुलेको छैन, भ्रममा नपरौंः नेपाल प्रहरी

म्यादी प्रहरीको भर्ना खुलेको छैन, भ्रममा नपरौंः नेपाल प्रहरी

  • बिहिबार, फाल्गुन २६, २०७८
म्यादी प्रहरीको भर्ना खुलेको छैन, भ्रममा नपरौंः नेपाल प्रहरी

काठमाडौं — प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरीको भर्ना खुलिनसकेकाले कसैलाई पनि भ्रममा नपर्न आग्रह गरेको छ। स्थानीय तह निर्वाचन २०७९ का लागि सुरक्षार्थ आवश्यक पर्ने म्यादी प्रहरी भर्नासम्बन्धी सूचना जारी भएको भनी सामाजिक सञ्जालमा राखिएकोमा ध्या प्रहरी प्रधान कार्यालयले ध्यानाकर्षण भएको विहीबार विज्ञप्तिमार्फत जनाएको हो।

‘प्रहरी प्रधान कार्यालयबाट अहिलेसम्म त्यस्तो सूचना प्रकाशित तथा प्रशारित नगरिएको व्यहोरा जानकारी गराउँदछौं। आवश्यक पर्ने म्यादी प्रहरी भर्नासम्बन्धी सूचना नेपाल प्रहरीको वेबसाइट र सार्वजनिक सञ्चारमाध्यममा भविष्यमा प्रकाशित हुने व्यहोरासमेत जानकारी गराउँदछौं।’ प्रहरी प्रधान कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।दिनेशखबरबाट

चर्चामा

सम्बन्धित समाचार