मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • समाचार
  • अपडेट : संखुवासभा बस दुर्घटनामा १४ जनाको मृत्यु

अपडेट : संखुवासभा बस दुर्घटनामा १४ जनाको मृत्यु

  • बिहिबार, फाल्गुन २६, २०७८
अपडेट : संखुवासभा बस दुर्घटनामा १४ जनाको मृत्यु

काठमाडौं — संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।

डिएसपी लालध्वज सुवेदीले १४ जनाको मृत्यु भएको पुष्टि भएको बताए । ‘१४ जनाको लाश भेटिएको छ, ५ जना घाइते भएका छन्,’ सुवेदीले भने, ‘मृतकको सनाखत भएको छैन ।’

दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो ।

मादी नगरपालिकाका मेयर विदुर कुमार लिंथेपले पनि १४ जनाको मृत्यु भएको र ५ जना घाइते भएको बताए । ‘१४ जनाको मृत्यु भएको छ । एकजना बच्चा हराइरहेको भनेर आफन्तले भनिरहेकाले खोजी भइरहेको छ,’ उनले भने ।

उनका अनुसार घाइतेहरुलाई उपचारका लागि सदरमुकाम चैनपुर लगिएको छ । गम्भीर घाइतेहरुलाई सुविधासम्पन्न अस्पतालमा लैजान हेलिकप्टरको व्यवस्था गर्ने तयारी भइरहेको पनि उनले बताए ।

बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ ।अनलाइनखबरबाट

चर्चामा

सम्बन्धित समाचार