• होमपेज
  • राजनीति
  • बाजुराका जनक रावल निजामति कर्मचारी युनियनको केन्द्रीय महासचिवमा निर्वाचित

बाजुराका जनक रावल निजामति कर्मचारी युनियनको केन्द्रीय महासचिवमा निर्वाचित

  • मङ्लबार, फाल्गुन २४, २०७८
बाजुराका जनक रावल निजामति कर्मचारी युनियनको केन्द्रीय महासचिवमा निर्वाचित

बाजुरा– बाजुराकाे बुढिगंगा नगरपालिका ७ घर भएका जनक बहादुर रावल नेपाल निजामति कर्मचारी युनियनको केन्द्रीय महासचिवमा निर्वाचित भएका छन् । सोमबार काठमाण्डौंमा भएको युनियनको ८ औं महाधिबेशनबाट रावल अत्याधिक मतका साथ महासचिवमा निर्वाचित भएका हुन् ।

महासचिव पदका अर्का उम्मेद्धार दुर्गा फुयाललाई पछि पार्दै जनक बहादुर रावल महासचिवमा निर्वाचित भएका हुन् । रावल नेपाल पशु स्वस्थ्य सेवा प्राबिधिक संघ (nelta)का केन्द्रिय अध्यक्ष समेत रहेका छन् । बाजुरा घर रावल काठमाडाैमा बसाेबास गरिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार