मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • देश
  • पिसपिन बाजुराद्धारा नागरिक समाज सँग अन्तरक्रिया कार्यक्रम

पिसपिन बाजुराद्धारा नागरिक समाज सँग अन्तरक्रिया कार्यक्रम

  • मङ्लबार, फाल्गुन २४, २०७८
पिसपिन बाजुराद्धारा नागरिक समाज सँग अन्तरक्रिया कार्यक्रम

बाजु्रा — पिसबीन बाजुराले नागरिक समाज सँग अन्तरक्रिया कार्यक्रम गरेको छ । सुरक्षीत गर्भपतनको अधिकार मौलिक हक सुनिश्चितताको आधार प्रजनन् स्वास्थ्य अधिकार र सुरक्षीत गर्भपतन सेवाको पैरवीको लागि नागरिक समाज सँग अभिमुखिकरण तथा अन्तरक्रिया गरेको हो ।
अन्तक्र्रिया कार्यक्रममा आइपासका उपप्रेन्द्र कुवर, पिसवीन बाजुराका कार्यक्रम प्रबन्धक धर्म रोकायाले सहजिकरण गरेका थिए । जिल्लामा नागरिक समाजको भुमिका र नागरिक समाजले उठाउनु पर्ने सवालमा बारमो छलफल भएको थियो । गैरसरकारी संस्थामा कार्यरत, पत्रकार लगायतको सहभागिता रहेको थियो । बाजुरामा प्रजनन तथा स्वास्थ्य अधिकारका मुद्धा धेरै रहेको छलफल उठेको थियो ।

नेपाली महिलाले सुरक्षित गर्भपतन सेवाको प्रयोग गर्न यस्तो सेवाको वैद्यताका साथै सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थाको बारेमा सीमित जानकारी हुनु, सुरक्षित गर्भपतन प्रदान गर्ने स्वास्थ्य सेवा उपलब्ध गराउने रहेको छ । महिलाको सुरक्षीत गर्भपतनमा बिभिन्न समस्या र दुबिधा आउने भएकाले, स्वास्थ्य संस्थामा सुचिकृत स्वास्थ्यकर्मीको अभाव, आवश्यक स्वास्थ्य उपकरणको उपलब्धता नहुनु रहेको छ ।

अपाङ्ग महिलामैत्री भौतिक संरचना तथा व्यवहार नहुनु, सेवा शुल्क उच्च हुनु र असमान हुनु, गर्भपतनसँग जोडिएको लाञ्छना तथा हेयभावको दृष्टिकोण, गोपनियताको अभाव, गर्भपतनको निणर्यमा पुरुषको प्रभाव रहनु लगायतका थुप्रै समस्या र चुनौतिहरू रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार