• होमपेज
  • देश
  • बाजुरामा अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

बाजुरामा अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

  • मङ्लबार, फाल्गुन २४, २०७८
बाजुरामा अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

बाजुरा — बाजुरा जिल्लामा १ सय १२ औं अन्तर्राष्ट्रिय महिला दिवस बिभिन्न कार्यक्रम गर्दै भइरहेको छ । ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नारासहित बाजुराको सदरमुकाम मार्तडीमा बजार परिक्रमा कार्यक्रम गरी मनाईएको छ ।
लैङ्गिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चिततामा जोड दिएर बजार परिक्रमा गरि लोकतान्त्रिक चोकमा कार्यक्रम गरिएको हो ।

१ सय १२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जिल्ला प्रहरी प्रमुख चर्तुभुज ओझाले सञ्चालन गरेको कार्यक्रममा बडिमालिका नगर उपप्रमुख कबिता बिष्ट, प्रमुख जिल्ला अधिकारी उपेन्द्र राज पौडेलले शुभकामना व्यक्त गरेका थिए ।
बडिमालिका नगर उप्रमुखले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्नेमा जोड दिएकी छिन् । प्रमुख जिल्ला अधिकारी उपेन्द्र राज पौडेलको शुभकामना सन्देश मार्फत लैङ्गिक समानताको अभियानमा पुरुषको पनि सक्रिय सहयोग र सहभागिता उत्तिकै आवश्यक रहेकोले सबै पुरुषहरुले महिलाको सम्मान गरौँ महिला नारि हुन महिला आमा हुन कसैले पनि नारिको अपमान नगर्न उल्लेख गरेका छन् ।

कार्यक्रममा सरकारी तथा गैरसरकारी संस्था कर्मचारी, पत्रकार, सुरक्षा कर्मि, शिक्षक, बिद्यार्थी लगाएत सम्पुणर्को उपस्थीतिमा बजार परिक्रम गरेका थिए । नेपालको संविधानमा मौलिक हकअन्तर्गत धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ ।
राज्यका हरेक निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्नुका साथै सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकको व्यवस्थामा महिलाको अधिकार अगाडी बढाइको छ ।
कुनै पनि सङ्घ,संस्था गाउँपालिका वडामा प्रतिनिधित्वसहित राज्यका हरेक निकायमा महिलाको सहभागिता बढ्दै गएको छ । महिला हिंसा तथा उत्पीडन अन्त्यका लागि विभिन्न कानुन बनेका छन् । तर महिला हिंसाका घटनामा कमी आउन सकेको छैन ।

सरकारले महिलामाथि हुने हिंसा तथा उत्पीडनलाई अन्त्य गर्न तथा पीडकलाई कडा सजाय गर्ने गरी ‘तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेशसहित यौनहिंसाविरुद्धका केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, जारी गरिसकेको छ तर पनि महिला हरु हरेक संकटमा परि रहन्छन ।

चर्चामा

सम्बन्धित समाचार