काठमाडौं — पल शाह प्रकरणमा पीडित नाबालिगबारे अश्लिल तस्बिर र स्टाटस लेख्ने व्यक्ति पक्राउ परेका छन्। प्रहरीको साइबर ब्यूरोले ललितपुर महानगरपालिका २९ बस्ने २९ वर्षीय विकास महर्जनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार महर्जनले पीडितबारे अश्लिल तस्बिरसमेत प्रकाशित गरेका थिए। हिजो पक्राउ परेका विकासलाई अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान थालिएको प्रहरीले बताएको छ।
आरोपीले फेसबुकमा उक्त सामग्री प्रकाशित गरेको ब्यूरोको भनाइ छ। अश्लिल सामग्री प्रकाशित गर्ने र चरित्र हत्या गर्ने अन्यलाई पनि खोजिरहेको ब्यूरोले जनाएको छ।