बिहिबार, असार १८, २०८३
  • होमपेज
  • समाचार
  • म्यादी प्रहरीलाई एक हप्ता तालिम दिइने

म्यादी प्रहरीलाई एक हप्ता तालिम दिइने

  • बिहिबार, फाल्गुन १९, २०७८
सेयर गर्नुहोस् :
म्यादी प्रहरीलाई एक हप्ता तालिम दिइने

काठमाडौं — आगामी बैशाख ३० हुने स्थानीय तहको निर्वाचनमा खटिने म्यादी प्रहरीलाई एक साताको तालिम चलाउने कार्यविधि तयार गरिएको छ। ७ दिनको तालिममा म्यादी प्रहरीलाई अनुशासन र भीड नियन्त्रणबारे सिकाइनेछ। तालिम अवधीमा सिनियरलाई सलाम गर्ने तरिका, लौरो चलाउने र भीड नियन्त्रण गर्ने तरिका सिकाउने गरी कार्यविधि तयार पारिएको छ।

आगामी निर्वाचनमा १ लाख १८ हजार म्यादी प्रहरी आवश्यक रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। म्यादी प्रहरीमा पूर्व सुरक्षाकर्मीलाई प्राथमिकता दिने प्रहरी प्रधान कार्यालयको तयारी छ।

चर्चामा

सम्बन्धित समाचार