बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • स्वामिकार्तिक गाउँपालिकामा ९५ परिवारलाई राहत बितरण

स्वामिकार्तिक गाउँपालिकामा ९५ परिवारलाई राहत बितरण

  • बुधबार, फाल्गुन १८, २०७८
स्वामिकार्तिक गाउँपालिकामा ९५ परिवारलाई राहत बितरण

जंग रावल — बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका १ रुढी गाउँका ९५ परिवारलाइ राहत बितरण गरिएको छ । बडिमालिका मिडिया हाउसको आयोजना तथा Nepal Rising र Engage Nepal को आर्थिक सहयोग खाद्यन्न कम्मल सहयोग गरेको गाउँपालिका सुचना अधिकारी कुबेर शाहिले वताएका छन् ।
बडिमालिका खबरमा रुढी गाउँमा चरम खाद्य संकट तथा कुपोषणको चपेटमा बालवालिका र महिला समचार प्रकाशित पछि ९५ परिवारलाइ तत्काल सहयोग गरिएको नेपाल राईजिंग उपाअध्यक्ष राजेश श्रेष्ठले वताएका छन् । चामल, दाल, तेल, नुन, साबुन मास्क पहिरो तथा कोभिड प्रभाबित परिवारलाई सहयोग गरेका हुन् ।
तत्काल राहत पाउँदा स्थानिय निकै खुशी भएका छन् । एकातिर खडेरी अर्कोतिर कोभिडले गर्दा गाउँमा चरम खाद्यन्न संकट भएको थियो तत्काल राहत पाउँद निकै राहत भएको स्थानिय गोरख बिकले वताएका छन् । केही दिनका लागि भएपनि खाद्यन्नको जोहो भएको उनले वताए ।
रुढि गाउँमा चरम खाद्य संकट सँगै बालवालिका र सुनौला हजार दिनका आमा कुपोषण दर बढीरहेको छ । बालबालिका मात्र नभइ गर्भवती, सुत्केरीमा समेत कुपोषण रहेको शिक्षक धामिले वताए । गाउँमा आठ बर्ष देखि चरम खाद्य संकटको चपेटामा परेपछि गाउँमा कुपोषण दर बढेको हो । रुढि गाउँमा रहेका रहेका १ सय ५६ परीवार बाह्रै महिनामा चरम खाद्य संकटको मारमा रहेको स्थानिय दिल बहादुर धामिले वताएका छन् । अहिलेको सहयोगले ठुलो राहत भएको धामीले वताए ।
चरम खाद्य संकट सँगै महिलाहरु र बच्चाहरुमा रक्क्तअल्पता र कुपोषित रहेका छन् । हरियो सागपात, गेडागुडी फलफुल केही खान पाउदैनौ, गाउँमा धेरै महिला र बच्चाहरु कुपोषित रहेको स्वयसेविका विना भुलले वताईन् । महिलाहरुले पेटभरी खान पाउदैनन, बच्चा पाउने महिलाहरु समेत कुपोषित रहेको उनले वताईन् । बच्चा पाउने बेला उनिहरुलाई समस्या हुने वताए ।
२ करोड भन्दा बढी लगानिमा सिचाई कुलो निर्माण भएको केही बर्षमै सुख्खा पहिरोले बगाएको थियो । पटक पटक मर्मत गर्न लागेपनि पहिरोका कारण सिचाई कुलो सञ्चालनमा आउन नसकेको स्थानियले वताएका छन् । सिचाई भएपछि रुढि गाँउमा खेतियोग्य जमिनका रुपमा चिनिने गरेको थियो । माथि बाट सुख्खा पहिरो छ, तल गाँउ छ, गाँउनै जोखिम रहेको छ, अर्कोतिर एकातिर लामो देखी खडेरी छ अन्न लगाउन पाएका छैनन्, पैशा कमाउन पुरुष सबै भारत गएको जानकी तिरुवाले वताएकि छन् । हातखुटा काम्ने चक्रर आउने, कमजोरी पन जस्ता समस्या देखा परेको उनले वताईन् ।
रुढि गाँउ माथि बाट सुख्खा पहिरो बगिरहेको छ । २०६९ सालमा सुख्खा पहिरोले ३ जनाको मृत्यु भएको थियो भने १० परिवार पुणर् रुपमा बिस्थापित भएका थिए । २०७२ सालमा कार्तिकमा पनि सुख्खा पहिराले २३ परिवार बिस्थापित भएका जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ । पहिरो बाट खेतियोग्य जमिनमा समेत क्षति पुयाएको छ ।

चर्चामा

सम्बन्धित समाचार