• होमपेज
  • राजनीति
  • सुदूरपश्चिम प्रदेश प्रमुख जोशीकाे सदरमुकाममा भब्य स्वागत

सुदूरपश्चिम प्रदेश प्रमुख जोशीकाे सदरमुकाममा भब्य स्वागत

  • सोमवार, फाल्गुन १६, २०७८
सुदूरपश्चिम प्रदेश प्रमुख जोशीकाे सदरमुकाममा भब्य स्वागत

बाजुरा — सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी भ्रमणकाे क्रममा गृह जिल्ला बाजुराकाे सदरमुकाम मार्तडी पुगेका छन् । प्रदेश प्रमुख भएपछि पहिलो पटक जोशी गृह जिल्ला बाजुराको भ्रमणमा आएका हुन् । साता लामो भ्रमण तालिका बनाएर बाजुरा पुगेका जोशीलाईसदरमुकाममा भव्य स्वागत गरिएको छ । जिल्ला बासीसँगको भेटघाट तथा अन्तरक्रिया र साक्षात्कार सहीतको भ्रमण लिएर प्रमुख जोशी बाजुरा आएका सुरक्षा निकायले जनाएकाे छ ।

No description available.

प्रदेश प्रमुख जोशी केही दिन अझै बाजुरामा रहने बुझीएको छ । गृह नगर बुढीगंगाबाट सुरु गरी जिल्लाका सबै स्थानिय तह भ्रमण गर्ने तालिका सहित बाजुरा पुगेका प्रदेश प्रमुख जोशीलाई बिभिन्न स्थानिय पालिकामा सम्मान तथा अभिनन्दन कार्यक्रमहरु तय गरेका छन् । प्रदेश प्रमुख जोशीलाई स्थानियको उपस्थितिमा बाजा गाजा फुलमाला सहित मार्तडी बजार परिक्रमा गरी  भब्य स्वागत  गरीएको छ ।

चर्चामा

सम्बन्धित समाचार