• होमपेज
  • राजनीति
  • एमसिसि देशप्रतिको गद्दारी हो, जनताप्रतिको धोका हो : डाक्टर भिम रावल

एमसिसि देशप्रतिको गद्दारी हो, जनताप्रतिको धोका हो : डाक्टर भिम रावल

  • आइतवार, फाल्गुन १५, २०७८
एमसिसि देशप्रतिको गद्दारी हो, जनताप्रतिको धोका हो : डाक्टर भिम रावल

नेकपा एमालेका नेता भीम रावलले एमसीसी सम्झौता संसदबाट पारित गर्न नहुने बताएका छन् । उनले एमसीसी सम्झौता जबर्जस्ती अनुमोदन गराउन खोज्ने नेपाली काँग्रेसको सरकारको निन्दासमेत गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौतामाथिको सामान्य छलफलमा भाग लिँदै उनले एमसीसीमार्फत नेपाललाई अमेरिकी छातामुनि राख्ने र विदेशीले सामानान्तर सरकार चलाउने बाटो राखिएको दाबी गरेका छन् ।

रावलले सत्ता र कुर्सीका लागि राष्ट्रिय स्वाधिनता गौण ठान्ने सोच र व्यवहार निन्दनीय रहेको पनि बताए । नेपालको हित र नेपाली जनताको आवाजप्रति बेवास्ता गर्दै सरकारले एमसीसीको विरोधमा उठेको आवाज दमन गर्न खोजेको भन्दै भर्त्सनासमेत गरे । उनले एमसीसीमाथिको व्याख्यात्मक टिप्पणी गर्ने प्रस्ताव महाकाली सन्धिमाथिको संकल्प प्रस्तावजस्तै हुने प्रस्ट पार्दै यसले जनता ठग्ने काम भएको बताए । रावलले भने, ‘राष्ट्रिय स्वाधिनताजस्तो विषय यस्तो होहल्लाका बीच प्रस्तुत गर्नु देशप्रतिको गद्दारी हो, जनताप्रतिको धोका हो, नेपाल राष्ट्रको अपमान हो, यस्तो अपमान गर्ने सरकार इतिहासमा देशघाती बनेर दर्ज हुनेछ ।’

चर्चामा

सम्बन्धित समाचार