विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा नवजात शिशुको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार बिहान साढे नौ बजे अस्पतालका कर्मचारीले शौचालयमा सालनालसहितको शिशुको शव फेला पारेका थिए। अस्पतालले खबर गरेपछि प्रहरी त्यहाँ पुगेको थियो।
प्रहरीका अनुसार शौचालयको प्यानमा भेटिएको शिशुका अभिभावकबारे खोजी सुरू भएको छ।
‘जन्मिनेबित्तिकै फालिए जस्तो देखिन्छ,’ जिल्ला प्रहरी स्रोतले भन्यो ‘बच्चा मारेर फालिएको हो कि मरेपछि फ्याँकिएको हो निश्चित भएको छैन।’