बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • केही मुट्ठिभर नेताले गर्दैछन मनपरी!

केही मुट्ठिभर नेताले गर्दैछन मनपरी!

  • शनिबार, फाल्गुन १४, २०७८
केही मुट्ठिभर नेताले गर्दैछन मनपरी!

सुरेशकुमार पान्डे — देशमा धेरैजसो नेपाली कांग्रेस बाट दुखी भएपछि एमाले तिर लम्किन्छन एमाले बाट दुखि भयपछि जनताहरू नेपाली कांग्रेसको सरणमा पुग्छन बिचमा अरू कुनैपनि पार्टीलाई जनताले देख्दैनन्।
अहिले जनताले देश र जनताको हितका लागी कुन पार्टी कुन ब्याक्ति उपयुक्त होला त्यो भन्दापनि कांग्रेस सँग रिस उठेपछि एमाले र एमाले सँग रिस उठ्यो भने नेपाली कांग्रेसलाई चुनेका हुन्छन।त्यसैको फाइदा उठाएर यि दुई पार्टीहरूले मनपरि गर्दै आएकाछन।
उनिहरूलाई थाहाछ जनताले हामिलाई भोट दिन्छ हामिनै मन्त्री बन्नेहो हामिहरूनै सांसद हुँनेहो यो सोंचले गर्दा जनतालाई उनिहरूले खेलाउँदै आएकाछन।देशलाई बन्दगी राखेर भएपनि उनिहरूले आ आफ्नो स्वार्थ पुरागर्ने प्रयात्न गरेकाहुन्छन।
जनताहरूले कम्युनिष्ट भनेर एमालेलाई बुझ्ने गलती गर्छन भने नेपाली कांग्रेसलाई राष्ट्रिय पुँजिपतिको पार्टी भनेर ठुलो भुल गर्दै आएकाछन।न त एमाले कम्युनिष्ट पार्टी हो न नेपाली कांग्रेस राष्ट्रिय पुँजिपती बर्गको पार्टीहो।
एमालेको पछिलागेका कयौं ब्याक्ति कम्युनिष्ट हुनसक्छन एमालेमा नव प्रवेशिहरू कम्युनिष्टलाई चाहेर आएका हुन सक्छन तर एमाले कम्युनिष्ट पार्टि बाट पतन भैसकेको राजनीतिक पार्टीहो त्यँहा अहिलेपनि ठुलो संख्यामा आई एन जीओ र एनजियोको जमघटछ भूमाफिया पांलाटिङ्ग गर्नेहरू त्यहि पार्टीमा सरण लिएकाछन यसरी कम्युनिष्ट पार्टीको लोंगो प्रयोग गरे ता पनि रातो झण्डालाई उचालेता पनि एमाले अब कम्युनिष्ट रहेकोछैन।अहिले होईन एमाले धेरैपहिले देखून कम्युनिष्ट बिचारधारा बाट पतित भैसकेको हो।उनिहरूले कम्युनिष्टका आधारभूत सिध्धान्तलाई हटाई सकेको अबस्था हामि सबैको सामून्नेछ।उनिहरू कम्युनिष्टका आधारभूत सिधान्तलाई हटाई सकेपनि आफुलाई कम्युनिष्ट भन्न नछोड्नुको पछाडी जनताको कम्युनिष्ट रूझान हुनुनैहो।
नेपाली कांग्रेसलाई देशका जनताले आफ्नै देशको पुँजिवादी राजनीतिक पार्टीको रूपमा स्विकार गर्दै आएकाछन तर त्यो अहिले पनि दलाल पुँजिपति बर्गको पार्टी हो भन्नेकुरा उस्का तमाम प्रकारका ब्यबहारहरूले देखाउँदै आएकोछ।उनिहरूले जहिलेपनि बिदेशीहरूको हितमा (खास गरि छिमेकी देशको हितमा)काम गर्दै आएकाछन।
उनिहरू र एमाले दुबैले गरेका अहिले सम्मका राष्ट्रघाती कृयाकलापहरूले हामीलाई देखाएको यही बिषयहो त्यो चाहे टनकपुरको बिषयहौश वा जुनसुकै सन्धि सम्झौताको बिषयलाई नियालनेहो भने एमाले र नेपाली कांग्रेसको ब्यबहार सधै बिदेशीहरूको दलाली गर्ने रह्यो।
जनताले भने उनिहरूलाई देशको ठुला राजनीतिक पार्टी सम्झेर उनिहरूलाई नै भोट दिदैं आएकाछन।
जनताको हातमा राजनीतिक पार्टीलाई सानो ठुलो बनाउँने शक्ति अनतर्निहित हुँदाहुँदैपनि कुनै काल्पनिक शक्तिले उनिहरूलाई ठुलो र शक्तिशाली बनाएको ठान्दछन।यद्मापी जनताले चाहेपछि सानो पार्टीलाई पनि ठुलोबनाएर देशको रक्षागर्न सकिन्छ तर त्यो कुरा जनताले नबुझेरहो वा उनिहरू डराएरहो जनताले उनिहरूलाई चुनेर देशलाई फाईदा छैन भन्ने बुझेर पनि उनिहरूलाई चुन्न आफ्नो अमूल्य मत दिने कारण के हुन सक्छ?
नेताहरूले जनतालाई भुलभुलैयामा राखेर देशलाई पटक पटक नाङ्गेझार पार्दा पनि उनिहरूले बुझ्न नसक्नु भनेको बिड्मबनानैहो।
अहिले देशको अबस्था अत्यान्तै तरल बन्दै गएकोछ नेपाली कांग्रेसले पहिले ओलिको प्रतिगमनको बिरोध गरेको जस्तै गरेर पांचदलिय गठबन्धन बनाए।पांचदलिय गठबन्धनमा एम सीसीको मुद्धा थिएन तर प्रतिगमनको मुद्धा प्रमुखथियो।अहिले जबर्जस्ति एम सीसीलाई टेवुल गरेर शेरबहादुर देउवाले त्यसलाई पारित गराउँन सक्या सम्म बल प्रयोग गर्दैछ।यदी गठबन्दनले साथ नदिएपछि उस्ले त्यो गठबन्धन तोडेर एमाले सँगमिलेर भएपनि एम सीसीलाई पारित गराउँने दिशामा तल्दिनछ।अब नेपाली कांग्रेसले गरेको प्रतिगमनको बिरोध हात्थिको देखाउँने दांत प्रमाणित भयकोछ।
देशभरीका जनताले यो कथित अनुदानको बिरोध गर्दा गर्दै पनि जबर्जस्ति टेबुल गरेर शेरबहादुरले देशलाई गृहयुध्दमा ढेकलेकाछन।उनिहरूले देश र जनताको भन्दा अहिले अम्रेकि साम्राज्यबादको सेवा कसरी हुन सक्छ भन्नेमा चिन्तितछन।
हाम्रो देशका मुठ्ठिभर नेताहरूले बिदेशीको सधैभरी दलालिगरेर आफ्नो स्वार्थ पुरागर्ने र देशलाई बिदेशीको अधिनस्त राख्ने काम गर्दै आएकाछन।
अहिले देशको अबस्था देख्दा हामिजनताहरूको एकता बाहेक कुनैशक्तिले देशलाई जोगाउँन सक्नेछैन।कतिपय नेताहरूको स्वार्थको बलि देशको स्वाभिमान चढ्दैछ।

चर्चामा

सम्बन्धित समाचार