काठमाडौं — सुन ओसार पसारमा संलग्न रहेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका एक कर्मचारी पक्राउ परेका छन्। विदेशबाट फर्किएका आफन्त कमल घिमिरेको सामान बोकेका बेला ती कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो। उनी अध्यागमन कार्यालयका स्टोर किपर हुन्।
प्रहरीका अनुसार विदेशबाट फर्किएका आफन्त घिमिरेको झोला उनले बोकेको स्रोतले बताएको छ। उक्त झोलाबाट ११ सय ६५ ग्राम सुन फेला परेको छ। सुन ओसार पसारमा अध्यागमनका ती कर्मचारीको समेत हात रहेको भन्दै सोधपुछका लागि पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।
विमानस्थल प्रहरी प्रमुख एसएसपी भीम ढकालले ११ सय ६५ ग्राम सुनसहित दुई जना पक्राउ गरिएको बताए।