मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • समाचार
  • नेपाली जनता एमसिसी बिरुद्ध लड्दैँ:नेता भने भोट माग्न गाउँ भित्रिदैँ

नेपाली जनता एमसिसी बिरुद्ध लड्दैँ:नेता भने भोट माग्न गाउँ भित्रिदैँ

  • बिहिबार, फाल्गुन १२, २०७८
नेपाली जनता एमसिसी बिरुद्ध लड्दैँ:नेता भने भोट माग्न गाउँ भित्रिदैँ

अर्थ जङ्ग शाही/बझाङ — आउँदो बैशाख ३० गते हुने भनिएको स्थानिय चुनावको चहलपहल चाँरैतिर मौलाइसकेको छ। फेरि गरिब जनतालाई झुटो आश्वासन दिएर तपाईको एउटा अमूल्य मत खोस्नको लागी नेताहरु गाउँ पस्न लागि परिरहेका छन्।

यति बेला नेपाली जनताहरु एमसिसी बिरुद्ध रोडमा लडिरहेका छन्,भने कोही अस्पतालको बेडमा छटपटि रहेका छन्। तर नेताहरुलाई भने फेरी चुनावी माहोल लागेर धरदैलो गर्न गाउँ भित्रिसकेका छन्।

देश यति बेला कसरी जोगाउने भनेर नेपाली युवाहरु जागेका हामीले प्रष्ट टेलिभिजनमा देख्न सक्छौ। यति बेला गाउँका युवा स्थानियब्यक्तिहरु पनि रिसको आबेगमा आएका छन्। पहिला हामीले जानी-नजानि भोट दियौँ तर अहिले पनि हामीलाई ललाई-फकाई भोट माग्न हाम्रो घर आँगनमा आए हामी के गर्छौँ हेर्दैँ जाउँ भनेर रिसको आबेगमा पनि आएका छन्।

गाउँमा बिकास हुन आएको रकम त क्रर्ल्याप्प पार्छन भने,झन हामी सोझा-साझा जनतालाई के सहयोग गर्लान त। भोट माग्दा मात्र घर आँगनमा आएर खुट्टामा ढोग गर्ने ति नेता समस्या पर्दा कता हराउँछन्। बेङगोलोर बाट सोदेश शाहीले बडिमालिका खबरलाई बताएका छन्।

शाहीले यो भन्दा अगाडि पनि मतदान गरेका थिए। अब आफू यो स्थानिय चुनाबमा भोट कसैलाई नदिने पनि हामीलाइ टेलिफोन मार्फत बताएका छन्।

५ बर्ष सम्म कुनै पनि गतिला काम नगर्ने नेताले,फेरि पनि अर्को ५ बर्ष त्यसरी नै त कटाउने होला प्रकाश धामीले हामीलाई बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार