मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • समाचार
  • प्रेमबहादुर आले पनि एमसीसीको पक्षमा !

प्रेमबहादुर आले पनि एमसीसीको पक्षमा !

  • बुधबार, फाल्गुन ११, २०७८
प्रेमबहादुर आले पनि एमसीसीको पक्षमा !

धनगढी — अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) पारित गराउन सरकारले तीव्र तयारी थालेको छ। सत्ता गठबन्धनकै विरोधका बीच आइतबार संसदमा टेबल भएको एमसीसी फागुन १६ भित्र पास गराउने रणनीतिका साथ सरकार अगाडि बढेको हो।

यता, यसअघि एमसीसीको विपक्षमा उभिइरहेको नेकपा एकीकृत समाजवादीका सांसदहरुले पनि अहिले एमसीसीको पक्षमा बहुमत जुटाउन सहयोग गर्ने वचन दिएको खुलेको छ। माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका करिब १० सांसदले एमसीसीको पक्षमा बहुमत जुटाउन सहयोग गर्ने कांग्रेस नेताहरुले बताएका छन्।

सुदूरपश्चिमको डोटीबाट निर्वाचित सांसद प्रेम आलेले त ९–१० जनाले नै एमसीसीको पक्षमा मत हाल्ने प्रधानमन्त्रीलाई बचन दिएको पाइएको छ। पर्यटनमन्त्री प्रेम आलेले एकीकृत समाजवादीका १० बढी सांसद एमसीसीको पक्षमा उभिने प्रधानमन्त्रीलाई विश्वास दिएको बालुवाटार स्रोतले जनाएको छ। यस्तै शहरी विकासमन्त्री रामकुमारी झाँक्री र स्वास्थ्यमन्त्री विरोध खतिवडाले पनि एमसीसीको पक्षमा मत दिने संकेत दिएको पाइएको छ।

चर्चामा

सम्बन्धित समाचार